काठमाण्डौ । लक्ष्मी बैंकको प्रायोजनमा यही माघ १२ गते छैटौँ महिलाउद्यमी सम्मेलन २०२० काठमाण्डौको लाजिम्पाटस्थित र्याडिसन होटेलमा हुने भएको छ ।

नेपाली युवा उद्यमी फोरमको यो सिग्नेचर कार्यक्रम कनेक्ट, कोलाबोरेट र क्रियट भन्ने नाराका साथ आयोजना गरिँदैछ । कार्यक्रमको प्लाटिनम स्पोनसर अन्तर्राष्ट्रिय श्रम संगठन रहेको छ । जसले महिला उद्यमशीलतालाई प्रबद्र्धन गर्दै आएको छ ।

गत वर्षको सम्मेलनमा पनि करिब ३० प्रतिशत सहभागिता पुरुषको थियो र यो वर्ष पनि महिला पुरुष दुवैको सहभागिता रहनेछ ।

यो वर्ष ३०० भन्दा बढी सहभागीहरुको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । कार्यक्रममा उद्यमी, श्रमिक महिला, विभिन्न व्यवसायीहरुलगायत विभिन्न विज्ञ र विद्यार्थीको उपस्थिति रहनेछ ।

कार्यक्रममा विभिन्न विज्ञहरुको सम्बोधन, प्रेरक वक्ताहरुको प्रस्तुति, प्यानल छलफललगाय विभिन्न कार्यशालाहरुको पनि आयोजना गरिनेछ ।