काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा प्रगति गरेको छ।

तेस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ९ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको तुलनामा २४.९५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ७ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा १५ करोड ५५ लाख रुपैयाँ रहेको छ। गत वर्ष संस्थाको सञ्चालन मुनाफा १२ करोड २५ लाख रुपैयाँ रहेको थियो। 

तेस्रो त्रैमासमा संस्थाले खुद ब्याज आम्दानीबापत २७ करोड ४१ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्ष यही अवधिमा २१ करोड ४२ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा संस्थाले २ अर्ब ६० करोड रुपैयाँ सापटी लिई ४ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १ अर्ब ८६ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

समीक्षा अवधिमा संस्था संस्थाको जगेडा कोषको आकार २७.९२ प्रतिशतले बढेको छ। गत वर्ष २१ करोड ३७ लाख रुपैयाँ रहेको जगेडामा समीक्षा अवधिमा बढेर २७ करोड ३३ लाख रुपैयाँ पुगेको छ। 

संस्थाको चुक्तापुँजी २७ करोड ८३ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको चुक्तापुँजी २४ करोड २० लाख रुपैयाँ रहेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४७.३९ रुपैयाँ रहेको छ भने पीई रेसियो २०.१७ गुणा रहेको छ।