काठमाण्डौ  । लक्ष्मी बैंक लिमीटेडले बैशाख ३(आज)देखि सतप्रतिशत हकप्रद निश्कासन गरेको छ ।

यो बैंकको हालको चुक्तापुँजीको १०० प्रतिशतको दरले हकप्रद निश्कासन भएको हो ।

बैंकले १ सय रुपैयाँ अंकित मुल्यको कुल ३ करोड १५ लाख ९० हजार ३ सय ३ कित्ता हकप्रदन निश्कासन गरेको हो ।

यो बैंकको सतप्रतिशत हकप्रदका लागि चैत १८ गतेलाई बुक क्लोजको मिति तोकिएको थियो । यसको अर्थ चैत १७ गतेसम्म यो बैंकको सेयर खरीद गरेकाहरु हकप्रद भर्न योग्य हुनेछन् ।

सिद्धार्थ क्यापिटल लिमीटेड हकप्रद सेयरको बिक्री तथा निश्कासन प्रबन्धक रहेको छ ।
हकप्रद निश्कासनपछि बैंकको चुक्तापुँजी ६ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । बैंकको अधिकृत पुँजी १० अर्ब रहेको छ ।

इच्छुक सेयरधनीले नक्सालस्थित सिद्धार्थ क्यापिटलको मुख्य कार्यालय, लक्ष्मी बैंकका सबै शाखा कार्याल र लक्ष्मी  क्यापिटल मार्केट्स लिमीटेडको मुख्य कार्यालयबाट समेत हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।

लक्ष्मी बैंकले अघिल्लो आर्थिक वर्षको खुद नाफाबाट १८.२९ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरिसकेको छ । अहिलेको सतप्रतिशत हकप्रद सेयर भर्नेहरुले समेत १८.२९ प्रतिशत बोनसका लागि योग्य हुनेछन् । बोनस सेयर समेत जारी भएपछि बैंकको चुक्तापुँजी ७ अर्ब ४७ करोड रुपैयाँ पुग्नेछ ।