काठमाण्डौ । गणपति माइक्रो फाइनान्स वित्तीय संस्थान लिमिटेडको सेयरमूल्य लगातार तेस्रो दिन पनि उछाल आएपछि पोजेटिभ सर्किट लागेको छ ।

सेयर बजारमा कारोबार सुरु भएको दुई घन्टा नहुँदै मंगलबार गणपतिको सेयर मूल्यमा उछाल आएपछि पोजेटिभ सर्किट लागेको हो । यसअघि आइतबार र सोमबार पनि गणपतिको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको थियो। 

कम्पनीको सेयरमा खरिद चाप बढे पनि बिक्री गर्ने एकजना पनि नभएपछि पोजिटिभ सर्किट लागेको हो । सेयर मूल्यमा १० प्रतिशतको हाराहारीले बढेर मंगलबार गणपतिको प्रतिकित्ता ४३२ रुपैयाँ पुगेको छ । 

यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा गणपतिको ९ हजार ७५ कित्ता सेयर खरिद पोस्ट भएको छ भने कुनै आदेश पोष्ट भएको छैन।
यसले कम्पनीको सेयर बिक्री गर्न चाहने लगानीकर्ता नभएको र खरिदमा मात्र चाप देखिएको प्रस्ट पार्छ ।