काठमाण्डौ । सही ठाउँमा लगानी । एउटा लगानीकर्ताको अन्तिम चाहना नै यही हो । सही ठाउँमा मेहेनतको कमाई लगानी गरी राम्रो रिटर्न लिने र त्यसबाट आएको फाइदाले आफ्ना जीवनका हरेक कठीन पलहरुलाई उसले सहज बनाउने चाहना राख्छ । जुनसुकै खालको लगानीका लागि समेत बचत गर्नु अत्यावश्यक हुन्छ । तर, बचत गरिएको पैसाबाट मात्र तपाईले आफ्ना सबै आवश्यकता पूरा गर्न सक्नुुहुन्न । एक सफल लगानीकर्ता बन्न आफ्नो बचतलाई सही ठाउँमा लगानी गर्नु आवश्यक हुन्छ । एक प्रभावकारी लगानी रणनीति बनाउनुअघि आफूसँग यी ७ प्रश्न सोध्नुुहोस्:

प्रश्न १ : मेरो लगानीको उद्देश्य के हो ?
कुनै पनि लगानी गर्नुअघि सोधिने सबैभन्दा अहम् प्रश्न हो यो । कुनै अन्य काम जस्तै, तपाईले आफैंलाई प्रश्न सोध्नुुपर्ने हुन्छ कि तपाई केका लागि लगानी गरिरहनुुभएको छ ? तपाईले आफ्नो उद्देश्य स्पष्ट पार्न आवश्यक हुन्छ । तपाई पैसा कमाउनका लागि, रिटायरमेन्टका लागि, कुनै ठूलो सम्पत्तिको खरिदारीका लागि वा अन्य कुनै काम गर्नका लागि लगानी गरिरहनुुभएको हो, त्यो कुरा तय हुनुपर्छ । यसपछि तपाईले सोच्नुुपर्छ कि तपाईले कति समयका लागि लगानी गर्न गइरहनुुभएको हो । कति पैसा लगानी गर्न चाहिरहनुुभएको हो भन्ने कुरा पनि निश्चित गर्नुपर्छ । अनि, लगानीको क्रममा पैसाको बिषयमा तपाईले कस्तो खालको चुनौतिको सामना गर्नुपर्ने हुनसक्छ भन्ने बिषय पनि पहिला नै आँकलन गरी आफूलाई तयार बनाउनुपर्छ । आफ्नो उद्देश्यको यी तमाम रुपरेखा तय भइसकेपछि तपाईले यसका लागि एक अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्य निर्धारित गर्नुपर्छ । त्यसपछि मात्र आफूलाई अर्को प्रश्न सोध्नुुहोस् ।

प्रश्न २: मेरो लगानीको अवधि के हो ?
जसरी तपाईको लगानीको एउटा उद्देश्य हुनुपर्छ, त्यसैगरी लगानीको एउटा निर्धारित समय पनि तय गर्नुपर्छ । यसलाई ‘इन्भेष्टमेन्ट होराइजन’ समेत भनिन्छ । यो रणनीतिले लगानीको अवधि तयका लागि मद्धत मिल्छ । उदाहरणका लागि तपाईको बच्चाको विवाह २० वर्षमा हुन्छ । आफ्नो यो लक्ष्यलाई सफलतापूर्वक पूरा गर्नका लागि तपाईले एक पूर्वनिर्धारित अवधिसम्म त्यही हिसाबले लगानी गर्नुपर्ने हुन्छ । समय–समयमा यो अवधिको मूल्याङ्कन गर्नुपर्ने हुन्छ र आवश्यक पर्दा त्यसमा थोरै फेरबदल पनि गर्नुपर्ने हुन्छ । यसको मतलब कुनै पनि लगानीको अवधि यस्तो हुनुपर्छ, तपाईले आफ्नो निर्धारित उद्देश्य अनुसार त्यसको लाभ उठाउन सक्नुुहोस् । 

प्रश्न ३: मेरो मासिक लगानी क्षमता कति हो ?
यसपछि तपाईले आफूलाई यो प्रश्न सोध्नुुपर्छ कि तपाईको नियमित आम्दानीबाट लगानीका लागि कति पैसा जोगाउन सक्नुुहुन्छ ? यसपछि लगानी तपाई एकमुुष्ट एकैपटक गर्नुहुन्छ कि थोरै–थोरै गर्दै हरेक महिना लगानी गर्नुहुुन्छ भन्ने बिषय पनि तय गर्नुपर्छ । लगानीको रकम तय गर्ने समयमा तपाई निकै सावधान र वास्तविक बन्नुुपर्छ र आफ्नो पैसालाई ढिलो गरी बढ्न दिनुपर्छ । आफ्नो लगानी क्षमताको बिषयमा सबैभन्दा राम्रो जानकारी तपाई स्वयम्लाई नै हुन्छ । एकमुुष्ठ भुक्तानी भन्दा प्रत्येक महिना केही रकम बचाएर गरिने लगानी तपाईका लागि सहज र सरल हुनसक्छ । 

प्रश्न ४: कस्ता–कस्ता जोखिम उठाउनुपर्ला ?
अब तपाईले प्रश्न गर्नुपर्छ कि तपाई जोखिम उठाउन चाहनुुुहुन्छ वा जोखिमबाट भाग्न चाहनुुहुन्छ ? यस्तो जोखिम कयौं प्रकारका हुन्छन् । जस्तै, बजार, मुद्रास्फिति, रिटर्न, गलत बिक्री, ब्याजदर, मुद्रामा उतारचढाव आदि । संसारमा यस्तो लगानी कुनै पनि हुन्न, जो जोखिमरहित होस् । उदाहरणका लागि म्युुचुुअल फण्डमा बजारसँग सम्बन्धित जोखिम हुन्छ, जसले तपाईको लगानी डूूबाइदिन पनि सक्छ । कतिपय इन्स्योरेन्स प्लानमा रिटर्न सम्बन्धी जोखिम हुन्छ । कतिपय म्युुचुुअल फण्ड ब्याजदरमा हुने उतारचढावले प्रभावित हुनसक्छ । यसकारण तपाईले यी कैयन विकल्पहरुमा लगानी गर्नुअघि तिनीहरुको जोखिमको बिषयमा राम्रोसँग अध्ययन गर्नुपर्ने हुन्छ । 

प्रश्न ५ः के लगानीबाट कर बचत हुन्छ ?
अब तपाईले आफूलाई लगानी गर्दा करको बचत हुन्छ कि हुँदैन भन्ने प्रश्न सोध्नुुपर्ने हुन्छ । अधिकांश लगानीमा प्राप्त हुने फाइदामा अलग–अलग मापदण्डको आधारमा कर समत लगाइन्छ । यसपछि तपाईले आफैंलाई सोध्नुुपर्ने हुन्छ कि कर तिरेपछि तपाईको खूद रिटर्न कति बच्छ ? उदाहरणका लागि फिक्स्ड डिपोजिटमा तपाईलाई वार्षिक ७ प्रतिशत ब्याज प्राप्त हुन्छ, तर यदि तपाईले ३० प्रतिशत कर तिर्नुपर्यो भने कर तिरेपछि तपाईको रिटर्न ४.९ प्रतिशत मात्र रिटर्न प्राप्त हुन्छ । तपाईले यस्तो लगानी साधनको बिषयमा ध्यान दिनुपर्ने हुन्छ, जहाँ कम कर तिर्न परोस् । उदाहरणका लागि लामो अवधिको ऋणपत्र, पब्लिक प्रोफिडेन्ट फण्ड तपाईका लागि राम्रो विकल्प हुनसक्छन् । तपाईको लगानी जति अधिक कर बचाउने खालको हुन्छ, तपाईले त्यति नै चाँडो आफ्नो लगानी उद्देश्य पूरा गर्न सक्नुुहुन्छ । 

प्रश्न ६ः मैले कस्तो खालको कमिसन र चार्ज तिर्नुपर्छ ?
कुनै न कुनै रिलेसनसीप म्यानेजर वा सेल्स एजेन्ट सधैं तपाईलाई उनीहरुको मर्जीको लगानी साधनमा लगानी गर्न मनाउने कोशिश गरिरहेका हुन्छन् । एक लगानीकर्ता हुनुुको नाताले तपाईले यो जान्न पाउनुुहुन्छ कि उसको मर्जीको साधनमा लगानी गर्दा उसको कति कमाई हुन्छ ? कहिल्यै पनि हतारोको उनीहरुको मर्जीको साधनमा लगानी गर्ने हतारो नगर्नुहोला । किनभने खाल–खालका लगानीमा सोही अनुसारको चार्ज पनि लाग्ने गर्छ । यसकारण, ती एजेन्टहरुसँग तपाईले सो चार्ज किन लागिरहेको छ भनेर प्रश्न सोध्नुुपर्छ । तपाईको लगानी रकमको कति हिस्सा यस्ता खालका चार्ज वा कमिसन दिने कार्यमा प्रयोग हुन्छ भन्ने बिषय तपाईलाई थाहा हुनुुपर्छ, यो तपाईको अधिकार पनि हो । अनि, यस्ता खालका खर्च कटाएर तपाईको कुल र चोखो रिटर्न कति हुन्छ भन्ने कुरा हेर्नुपर्छ । 

प्रश्न ७ : म यो लगानीबाट कसरी बाहिर निस्कन सक्छुु ?
कुनै पनि लगानीको साधनमा लगानीको अन्तिम निर्णय लिनुुअघि सम्बन्धितहरुसँग तपाईले प्रवेश गर्न लाग्नुुभएको लगानी साधनबाट कसरी बाहिर निस्किन सकिन्छ भन्ने प्रश्न पनि सोध्नुुहोस् । तपाईलाई केही समयका लागि पैसाको जरुरत पर्न सक्छ, तपाईले यो भन्दा राम्रो अर्को लगानी साधन फेला पार्नु भयो वा यस्तै यस्तै अवस्था आयो भने हालको लगानी साधनबाट बाहिरिनुुपर्ने हुनसक्छ । यसकारण तपाईले यो लगानीको साधन कहिले र कसरी छोड्न सक्नुुहुन्छ भन्ने बिषयमा समेत ज्ञान लिनुपर्छ, ताकि आवश्यक पर्दा कुनै पछुतो गर्न नपरोस् । यस अलावा, लगानीको साधन बिक्री गर्ने अधिकारीको फोस्रा कुरामा मात्र भर चाहि पर्नुहुुन्न । प्राय, सेल्सम्यान तथा एजेन्टहरु चाँडो भन्दा चाँडो लगानीको साधन बिक्री गर्ने वा कमिसन कमाउने चक्करमा लगानीकर्ताको रिटर्न, चार्जको बिषयमा गलत जानकारी दिएर गुमराहमा राख्ने समेत प्रयास गर्छन् । यी सबै बिषयमा लिखित रुपमा जान्ने तपाईलाई पूर्ण अधिकार हुन्छ । यी प्रश्नहरुको मद्धतले तपाईले बिना संकोच आफ्ना लागि राम्रो विकल्प रोज्न सक्नुुहुन्छ र सन्तोषजनक रिटर्न समेत पाउन सक्नुुहुन्छ ।