काठमाण्डौ । लगानीकर्तालाई चाडपर्वको चटारोले छुँदा बजार भने चौपट बनेको छ । दशैं मनाउनका लागि काठमाण्डौमा रहेका सक्रिय कारोबारी तथा लगानीकर्ता घरतर्फ जान थालेपछि र मोफसलमा समेत लगानीकर्ता निस्क्रिय हुँदा कारोबार रकम घटेर ३१ करोड ५२ लाखमा सीमित बन्न पुुगेको छ । खरीद र बिक्रीकर्ताको चरम अभाव रहेको बजारमा बिक्रीको दबदबा हुँदा नेप्से परिसूचक २.८९ अंकले घटेर १५३६.९२ अंकमा झर्न पुुग्यो । 

साताको पहिलो कारोबार दिन आइतबार चार समूहको सूचकमा हरियो पोतियो भने बाँकी ४ समूहको सूचकमा रातो पोतियो । बैकिंग समूह ४.९८, टेडिंग समूह १५.२९, विकास बैंक समूह ५.७ र अन्य समूह १.७३ अंकले घट्न पुुगे । 

यस्तै, होटल समूह ३७.६४, जलविद्युत समूह १.०८, बित्त समूह ४.२६र बिमा समूह १०.१४ अंकले बढे । 

‘क’ वर्गका कम्पनीको कारोबारमा संकुचन आउँदा सेन्सेटिभ इण्डेक्स १ अंकले घट्यो भने फ्लोट इण्डेक्समा ०.४१ अंकले गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५० कम्पनीका ९ लाख ९१ ह्जार ३ सय ६६ कित्ता सेयर ३१ करोड ५२ लाख ७ हजार १ सय ५८ रुपैयाँमा खरीदबिक्री भयो । यो दिन सबैभन्दा बढी नेपाल क्रेडिट एण्ड कमर्स बैंकको २ करोड २२ लाख बढीको संस्थापक सेयर किनबेच भयो । यस्तै, यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले २ करोड ११ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड २९ लाख, नबील बैंकले १ करोड ६ लाख बढीको कारोबार गरे । धेरै कारोबार गर्ने मुख्य १० कम्पनीमध्ये अरुले १ करोडभन्दा कम कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन वरुण हाइड्रोपावर कम्पनी लिमीटेडले धेरै कमायो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । यस्तै, तारागाउँ रिजेन्सी होटलको मूल्य ७.३३ अंकले बढ्न पुुग्यो । 

यस्तै, कुुबेर मर्चेन्ट फाइनान्स लिमीटेड र विशाल बजार कम्पनीले सबैभन्दा धेरै गुमायो । कुुबेर मर्चेन्टको सेयर मूल्य ७ प्रतिशतको हाराहारीमा र विशाल बजार कम्पनीको मूल्य ६ प्रतिशतले घट्न पुुग्यो ।