काठमाण्डौ । लगानीकर्ताहरु अब बन्ने नयाँ सरकारले अंगिकार गर्ने आर्थिक नीतिको पर्खाईमा बस्दा बजारमा दोहोरो अंकको पहिरो गएको छ । बजार परिसूचक(नेप्से) ११.०१ अंकले ओरालो लागी १५०९.१४ अंकमा सीमित बन्न पुुगेको हो । 

यो दिन होटल, उत्पादनमूलक र अन्य समूह बाहेक सबै समूहको सूचकमा पहिरो गयो । उत्पादनमूलक ३५.१, होटल १२.२९ र अन्य समूह ८.६७ अंकले बढ्यो । 

यो दिन बैकिङ समूहमा १२.७८ अंकको पहिरो गयो । बिमा समूह ८८.०७ अंकले घट्यो भने विकास बैंक र माइक्रोफाइनान्स समूह १८.६२ र १२.४६ अंकले घटे । यस्तै, व्यापारिक समूह ९.३८, जलविद्युत समूह १६.६२ अंक र बित्त समूह ६.४८ अंकले घटे । 

‘क’ वर्गका कम्पनीको कारोबारमा संकुचन आउँदा सेन्सेटिभ इण्डेक्स २.५८ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.९६ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५८ कम्पनीका ११ लाख ६ हजार ३९ कित्ता सेयर ५१ करोड १२ लाख १२ हजार १ सय ९२ रुपैयाँमा किनबेच भयो । यो दिन सबैभन्दा बढी नेपाल ग्रामीण विकास बैंकले ६ करोड ५४ लाख बढीको कारोबार गर्यो । यस्तै, ग्लोबल आइएमई बैंकले ४ करोड ४ लाख, स्ट्याण्डर्ड चार्टर्डले ३ करोड १७ लाख बढीको कारोबार गरे । ग्रामीण विकास बैंक लिमीटेडको २ करोड १० लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल टेलिकमले १ करोड ९२ लाख, एभरेष्ट बैंकले १ करोड ६० लाख, नेपाल बैंकले १ करोड ४१ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ३२ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सबैभन्दा बढी बोटलर्स नेपाल(तराई) लिमीटेडले कमाएको छ । यो कम्पनीको सेयर मूल्य ८.३३ प्रतिशतले वृद्धि भयो । यस्तै, महुली सामुदायिक लघुवित्त संस्थाको सेयर मूल्य समेत ६.०५ प्रतिशतले वृद्धि भयो । 

यो दिन कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमीटेडले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको मूल्य ९.०९ प्रतिशतले घट्यो । यस्तै, कुुबेर मर्चेन्ट फाइनान्स र ललितपुर फाइनान्सको मूल्य ७ प्रतिशतको हाराहारीमा घट्न पुुग्यो ।