काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति गरेको छ । यो जीवन बिमा कम्पनीले समीक्षा अवधिमा २ करोड ६६ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा ८९ लाख २६ हजार मात्र नाफा आर्जन गरेको थियो । यो हिसाबले नाफामा १ सय ९९ प्रतिशतको प्रगति गरेको देखिन्छ ।

समीक्षा अवधिमा यो कम्पनीले बिमा शुल्कबाट हुने आयमा फड्को मारेको छ । अघिल्लो वर्षको यही अवधिमा २० करोड ५७ लाख बिमाशुल्कबाट आम्दानी भएकोमा यो वर्ष बढेर २८ करोड १० लाखको उचाईमा पुुगेको छ । 

लगानी, कर्जा तथा अन्यबाट हुने आयमा समेत उस्तै छलाङ मारेको छ । अघिल्लोवर्ष ३ करोड ८९ लाख रुपैयाँ यस्तो आय भएकोमा बढेर यो वर्ष ८ करोड ९६ को उचाईमा पुुगेको छ । 

अघिल्लो वर्षको पहिलो त्रैमासमा १७ लाख ७० हजार रुपैयाँ रहेको बिमालेख धितोमा कर्जाबाट हुने आय बढेर यो वर्ष ३२ लाख ५६ हजार पुुगेको छ । 

समीक्षा अवधिमा गुराँस लाइफले ३ करोड ३० लाख बराबरको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीले १ करोड ६६ लाख बराबरको दाबी भुक्तानी दिएको थियो । 

अघिल्लो वर्ष ३ करोड ७ लाख रहेको व्यवस्थापन खर्च यो वर्ष ३ करोड १७ लाख मात्र पुुगेको छ । व्यवस्थापन खर्चमा भएको नियन्त्रणले समेत नाफा बढ्न सहयोग पुुगेको देखिन्छ । 

अघिल्लो वर्षको पहिलो त्रैमाससम्म १ लाख २८ हजार कायम बिमालेखको संख्या बढेर यो वर्ष १ लाख ८० हजार पुुगेको छ । 

यो जीवन बिमा कम्पनीले २ अर्ब ३९ करोडमा सीमित जीवन बिमा कोषलाई बढाएर ३ अर्ब ३१ करोड पुर्याएको छ । जगेडाकोषलाई समेत थप मजबुत बनाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म १७ करोड १६ लाख रुपैयाँ रहेको जगेडाकोषमा समीक्षा अवधिसम्म २१ करोड ८० लाख जम्मा भएको छ । 

समीक्षा अवधिमा यो कम्पनीको प्रतिसेयर आम्दानी १७.९५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४१.२८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५७.१० गुणा कायम भएको छ ।