काठमाण्डौ । तपाई आफ्नो मेहेनतको कमाईबाट थोरै भए पनि लगानी गर्ने चाहना राख्नुहुन्छ । तपाईलाई यस्तो बेलामा विभिन्न ठाउँ र व्यक्तिबाट तरह–तरहका सल्लाह आउँछन् । कसैले यो ठाउँमा लगानी गर्नु, कसैले त्यो ठाउँमा लगानी गर्नु भनिरहेका हुन्छन् । यस्तो अवस्थामा के तपाई सबैको सल्लाह मान्नुहुन्छ ? यदि तपाईको जवाफ मान्छु भन्ने हो भने तपाईले सही गरिरहनुभएको छैन भन्ने हो । 

कुरा पैसाको हो, वित्तीय प्रडक्ट्स, तथा सेवा लिने विषय हो भने खास रुपमा सावधान हुन आवश्यक हुन्छ । याद राख्नुहोस् पैसाको मामलामा कसैमाथि पनि भरोसा गर्नु भनेको सही काम होइन । 

कोही कसैले आफ्नो फाइनान्सियल प्रडक्ट बेच्नका लागि तपाईसामु आइपुगेको छ भने तपाई सोच्नुहोस् कि उसले केही न केही छलिरहेको छ वा लुकाइरहेको छ । या त उसले तपाईलाई केही न केही गलत जानकारी दिइरहेको छ । यस्तो शंका ९० प्रतिशतसम्म घटनामा सही हुनसक्छ, तर तपाईले खराब भन्दा खराब अवस्थालाई समेत स्वीकार गरेर अगाडि बढ्नुपर्ने हुन्छ । खासमा कुनै फाइनान्सियल प्रडक्ट खरीद गर्नु भनेको कुनै सामान खरीद गर्नुभन्दा फरक कुरा हो । किनभने फाइनान्सियल सेवाहरुको एक खास र फरक विशेषता भनेको यो विषय पूर्ण रुपमा पैसासँग जोडिएको हुनु हो । किनभने यस्ता सेवामा सुरुदेखि अन्तसम्मै पैसा मात्र सामेल हुन्छ । कम्पनीले एकै ढंगले कुनै फाइनान्सियल प्रडक्टबाट धेरै पैसा कमाउन सक्नेछ । उसले कमाएको पैसाबाट तपाईलाई कसरी कम भन्दा कम मुनाफा दिन सकिन्छ भन्ने विषय कम्पनीले सोचिरहेको हुन्छ, यो विषयमा लगानी गर्नुअघि तपाईले राम्रोसँग सोच्नुपर्ने हुन्छ । 

मानौ तपाई कुनै मिड सेग्मेन्टको कार खरीद गर्ने सोचमा हुनुहुन्छ । यसका लागि तपाईसामु कैयन विकल्प उपलब्ध हुनसक्छन् ।  मिड सेग्मेन्टको कारमा कम्पनीअनुसार मूल्य फरक फरक हुनसक्छ । कुनैको मूल्य ३० लाख रुपैयाँ रह्यो भने कुनैको ४० लाख त कुनै कम्पनीको कारको मूल्य ५० लाख हुनसक्छ । यस्तो बेलामा प्रश्न आउनसक्छ, एउटै सेग्मेन्टका कारहरुमा फरक फरक मूल्य किन हुन्छ ? किन कुनै कम्पनीले बढी मूल्य असूल्छ ? तर, यस्तो प्रश्न गर्नु चाहि सही हुन्न । कारण हरेक कम्पनीका डिल पारदर्शी हुन्छन् । कम्पनीहरुले पेमेन्टको बदला परफरमेन्स, रिलायबिलिटी, ग्याजेट लगायतको प्याकेज दिए भने त्यसको मूल्य बढी पर्न सक्छ । यसको अर्थ हो यदि कुनै कार कम्पनीले आफ्नो प्रडक्टको बढी मूल्य मागिरहेको छ भने त्यसले त्यो प्रडक्टमा विशेषताहरुले भरिपूर्ण पार्नेछ । आफ्नो प्रडक्टलाई खास बनाउनेछ । 

तर, फाइनान्सियल सर्भिसेज(वित्तीय सेवा)मा यस्तो नियम लागू हुँदैन । किनभने यो विषयमा चाहि पैसा सर्कुलेट हुन्छ । जब तपाईले पैसा खर्च गर्नुहुन्छ, त्यसबाट त्यो प्रडक्टलाई अझ राम्रो बनाउनका लागि खर्च गरिन्छ । तर, यस्ता प्रडक्ट आफंै पैसा बनाउने माध्यम पनि हुन्छन्, यसकारण यस्ता प्रडक्टबाट केही न केही तपाईलाई फिर्ता समेत हुन्छ । केही हिस्सा बिक्रीकर्ताको खर्च, प्रफिट तथा कमिसनका लागि राखिन्छ । यसकारण कुनै मोवाइल वा कपडाभन्दा फाइनान्सियल प्रडक्ट खरीद गर्नु केही फरक काम हो । 

तर, कतिपय अवस्थामा ग्राहकले यो फरक छुट्याउन सक्दैन । कुनै फाइनान्सियल प्रडक्टको सेवा दिने कुनै पनि कम्पनीले त्यतिबेला धेरै कमाउँछ, जतिबेला उसले तपाईलाई कम रिटर्न दिनेछ । यस्तो अवस्थामा तपाईको भागको नाफा कम हुनेछ । यो कुनै पनि रुपमा हुनसक्छ । लाभांश क्षमता घटाएर वा तलब घटाएर वा यस्तै यस्तै विकल्प रोजेर । सैद्धान्तिक हिसाबले कुरा गर्ने हो भने प्रत्येक फाइनान्सियल प्रडक्टले एउटै शैलीमा काम गर्दैन । कसैले तपाईको रक्षा गर्दैछ भन्ने भ्रममा हुनुहुन्छ भने त्यो आजैबाट त्यागिदिनुहोस् । यस्ता प्रडक्टहरुको बिक्रीमा जुन हिसाबले गलत शैलीको प्रयोग हुन्छ, त्यसमा अंकुश लगाउने मामलामा नेपालका नियामकहरु धेरै पछाडि छन् । 

उसो भए सही बाटो के त ?
बचत, लगानी तथा सही विकल्प चुन्ने एउटै तरिका हुनसक्छ । यसको एउटै उपाय हो त्यससँग सम्बन्धित जानकारी पर्याप्त मात्रामा हासिल गर्ने । जति सक्नुहुन्छ, जानकारी जुटाउनुहोस्, अनि कोही कसैप्रति निर्भर नभई तपाईले आफ्नो फैसला आफैं लिनुपर्ने हुन्छ । अविश्वास वा शंकाको नजरिया अपनाउँदा समेत कुनै झूठो आश्वासबाट बच्न सकिन्छ ।