काठमाण्डौ । कुनै जोखिमबिना आफ्नो लगानीबाट १० प्रतिशतका दरले रिटर्न चाहनुुहुन्छ ? यदि त्यसो हो भने तपाईलाई राष्ट्रबैंकले अवसर खुल्ला गर्दैछ । तर यस्तो अवसर वैदेशिक रोजगारीमा संलग्न नागरिक तथा गैरआवासीय नेपालीहरुले मात्र पाउनेछन् । 

नेपाल राष्ट्रबैंकले वार्षिक १० प्रतिशत ब्याज पाउने गरी आगामी मंसिर १० गतेदेखि ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निश्कासन गर्ने भएको छ । 

वैदेशिक रोजगार बचतपत्र 'क' को अवधि ५ वर्षको हुने बताइएको छ । लगानीकर्तालाई ब्याज भुक्तानी प्रत्येक ६ महिनामा गरिने राष्ट्रबैंकले जनाएको छ । 

इच्छुकले घटीमा ५ हजार रुपैयाँ र बढीमा ५ हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म बचतपत्र खरीद गर्न सक्नेछन् । 

यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्ने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । 

यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन सकिने भएकोले इच्छुकले ढुक्कले लगानी गर्दा हुन्छ । 

यो बचतपत्रको बिक्री मंसिर १० गतेदेखि खुल्ला भई मंसिर २९ गतेसम्म रहनेछ । निश्कासन चाहि आगामी पुस ५ गते हुने बताइएको छ । साँवा भुक्तानी समेत सोही दिन गर्नुपर्नेछ । 

आवेदन फारम बिक्री एजेण्टबाट निःशुल्क प्राप्त गर्न सकिने बताइएको छ । यस्तै, वेबसाइट www.nrb.org.np अन्तर्गत  Public Debt भित्र Foreign Employment Saving Bond  नामको फोल्डरबाट पनि डाउनलोड गरी प्रयोग गर्न सकिनेछ ।

आफूलाई पायक पर्ने वाणिज्य बैंकहरु, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरु र काठमाडौं उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयहरुबाट ब्याज बुुझ्न सकिनेछ । बचतपत्र खरिदको लागि रकम बुझाएकै मितिदेखि निष्कासन मितिभन्दा अघिल्लो दिनसम्मको खण्डित अवधिको ब्याज रकम तोकिएको ब्याजदरमा भुक्तानी दिइने बताइएको छ ।

के-के कागजात चाहिन्छ ?
राहदानी, कार्यरत मुलुकको भिसा (भारत बाहेक अन्य मुलुकमा कार्यरत कामदारका लागि मात्र), कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र (म्याद ननाघेको) को प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाण स्वरुप विदेशी मुद्रा सटही रसिद वा नेपालमा विदेशी मुद्रामा खाता रहेको भए सो खाताबाट विदेशी मुद्रा सटही गरेको भौचर । 

परिवारका सदस्यको नाममा खरिद गर्ने भए सो सदस्यको नागरिकताको प्रतिलिपी र नाता प्रमाणित कागजात । नावालकको नाममा संरक्षक भइ खरिद गर्ने भएमा नावालकको जन्मदर्ता प्रमाणपत्र ।

कहाँ आवेदन बुुझाउने ?
वैदेशिक रोजगार बचतपत्रको आवेदन बिक्री एजेण्टहरुमा बुुझाउन सकिनेछ । बिक्री एजेण्टहरुको सूचि यस्तो छः