मानिस चेतनशील प्राणी हो । मानिस अन्य जीवजन्तुभन्दा निकै चतेनशील हुने विश्वास गरिँदै आएको छ । तर मानिसमा जस्तै जनावरमा पनि चेतना हुने हालै गरिएको एक अध्ययनले देखाएको छ । पुर्टोरिको टापुमा वैज्ञानिकहरुले बाँदरमाथि गरेको सो अध्ययनमा मानिसमा जस्तै जीवजनावरमा समेत नाफाघाटा तथा जोखिम बहन क्षमता विश्लेषण गर्ने चेतना हुने देखाएको हो ।
 
बाँदरमा गरिएको सो अध्ययनले व्ययवहारिक अर्थशास्त्र, जाखिम मनोविज्ञान र आर्थिक संकटका बेला के–कस्ता निर्णय गर्ने भन्ने कुुराको अध्ययन गरेको छ । मानिस मात्र चेतनशील नभएर बाँदरबाट पनि सिक्न सकिने सो अध्ययनमा संलग्न वैज्ञानिकहरुको निष्कर्ष छ । 
 
अध्ययनका लािग ६ वटा बाँदरलाई तालिम दिइएको थियो । अनुसन्धाताहरुले बाँदरलाई तालिम दिएर सानो धातुको टुक्रा (कोइन) प्रयोग गरी खाने कुरा माग्न सिकाए । केही समयको तालिमपछि धातुको टुक्रा प्रयोग गरी पसलेसँग सामान किन्न बाँदरले सुरु गरे ।
तर बाँदरलाई सँधै एक प्रकारको खाद्य सामग्री प्रदान गरिएन । एकै धातुको टुक्राबाट भिन्न भिन्न परिणामा भिन्न भिन्न खाद्य सामाग्री बाँदरलाई प्रदान गरियो । यसरी बाँदरले फरक फरक वस्तुको बजार मूल्य फरक फरक पर्ने कुरा सिके ।  
 
‘सो धातुको सिक्काबाट धेरै परिणाममा प्राप्त गर्न सकिने वस्तुमा नै बाँदरको आकर्षण हुने गरेको पाइयो’ येल विश्वविद्यालयमा व्यवहार विज्ञान तथा मनोविज्ञान विषयका प्राध्यापकसमेत रहेकी अनुसन्धाता लोरी सान्तोसले भनिन् । छोटो समयमो तालिमबाट नै धेरै खानेकुरा किन्ने क्षमता बाँदरमा विकास भएको भन्दै उनले आश्चार्य प्रकट गरिन् । यसपछि बाहिर कतै त्यस्ता धातुका टुक्रा भेटिए बाँदरले संकलन गर्न थाले ।
 
बाँदर पनि मानिस जस्तै अवसरवादी हुने समेत सो अध्ययनले  देखाएको छ । बाँदरले धातुका टुक्रालाई महत्वपूर्ण सामाग्रीका रुपमा लिन थाले । ‘बाँदरमा पनि व्यवसायिक चेतना हुने कुरामा कुनै शंका छैन’ शाधकर्ताको निष्कर्ष छ ।
तर बाँदरको जोखिम बहन क्षमता तथा धारणा मानिसका लागि निकै प्रेरणादायी हुन सक्ने उनको निष्कर्ष छ । एक कोइन (धातुको टुक्रा) बाट सँधै दुई वटा अगुंर वा दुईवटा खाद्य सामाग्री दिने व्यापारी र अर्को कहिले एक वटा दिने वा कहिले तीन वटा सामग्री दिने व्यवस्था गरियो । विस्तारै सबै बाँदर दुई वटा सामाग्री प्राप्त गर्न सकिने पसलमा जान शूरु गरे । किनभने यस पसलमा जोखिम कम थियो । जति पटक आए पनि २ वटा सामाग्री प्राप्त गर्ने ग्यारेन्टी थियो । तर अर्को पसलमा कहिले ३ वटा प्राप्त गर्न सकिने भएपनि त्यस तर्फ बाँदर लोभिएनन् । यहाँ बाँदरले जोखिमको समेत हिसाबकिताब गरे । 
 
त्यसोभए मानिसले बाँदरबाट के सिक्ने त ?
 
मानिसले लगानीका क्षेत्रमा बाँदरको व्यवहारबाट सिक्न सक्छ । यदि एउटा कुनै लगानीमा २० हजार रुपैयाँ प्रतिफलको ग्योरेन्टी छ र अर्कोमा या त ३० हजार रुपैयाँ प्रतिफल प्राप्त गर्न सकिने वा १० हजारमात्र प्रतिफल प्राप्त गर्ने दुवै संभावना बराबरी छ भने तपाई २० हजार प्रतिफल हुने लगानीका अवसरमा नै लगानी गर्नुहोस् । हुन सक्छ,  दास्रो विकल्पमा लगानी गर्दा ३० हजार प्राप्त गर्न सकिने संभावना पनि होला तर त्यसमा जोखिम पनि उतिकै हुन्छ । धेरै मानिस जोखिम लिन तयार हुन्छन् तर राम्रो विश्लेषण गर्दैनन् । यसको अर्थ प्रतिफलमा पनि विश्लेषण गर्नु उतिकै जरुरी छ भन्ने हुन्छ ।