काठमाण्डौ । काभ्रेको धुलिखेलस्थित नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न तीन तहमा ६५ जना कर्मचारी माग गरेको छ। जसमा एसएलसी/एसईई उत्तीर्ण गरेको थुप्रैलाई रोजगारीको विशेष अवसर सिर्जना गरिएको छ । 

संस्थाले सहायक प्रबन्धक (छैटौँ तह), वरिष्ठ सहायक/सुपरिवेक्ष (पाँचौँ तह) र सहायक/फिल्ड सहायक (चौथो तह) मा ६५ जना कर्मचारी माग गरेको हो । संस्थाले सहायक/फिल्ड सहायक ४० जना, वरिष्ठ सहायक/सुपरिवेक्षक २२ जना र सहायक प्रबन्धक ३ तीनजना माग गरेको छ । 

सहायक प्रबन्धकका लागि स्नातक उत्तीर्ण भई ग्रामी विकाससम्बनधी कम्तीमा एक वर्ष कार्य अनुभव र कम्प्युटर ज्ञान हुनुपर्नेछ । यो पदका लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेका उम्मेदवारले दरखास्त दिन सक्नेछन् । 

त्यस्तै वरिष्ठ सहायक/सुपरिवेक्षक पदका लागि कम्तीमा आईए वा प्लस टु उत्तीर्ण गरी ग्रामी विकाससम्बन्धी कम्तीमा एक वर्ष कार्य अनुभव वा एसएसली वा सोसरह उत्तीर्ण गरी बैंकिङ/वित्तीय/लघुवित्त संस्थामा कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्नेछ । यो पदका लागि १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका उम्मेदवारले दरखास्त दिन सक्नेछन्। 

यसैगरी सहायक/फिल्ड सहायक पदका लागि कम्तीमा एलएलसी/एसईई उत्तीर्ण भई ग्रामीण क्षेत्रमा बसेर काम गर्न रुचि राख्ने उम्मेदवारले दरखास्त दिन सक्नेछन् । यो पदका लागि मोटरसाइकल चलाउन जान्ने तथा कम्प्युटर सीप भएकालाई विशेष ग्राह्यता दिइएको छ । उमेरको हद भने १८ वर्ष पूरा गरी ४० ननाघेको हुनुपर्ने छ । 

इच्छुक उम्मेदवारले साउन २४ गतेभित्र बायोडाटासहित आवश्यक सम्पूर्ण कागजपत्रको प्रतिलिपि संस्थाको ई–मेल आईडी hr@nemfin.com.np मा पठाउनुपर्नेछ ।