काठमाण्डौ । नेपालमा सर्वाधिक बिक्री हुने स्मार्टफोन कम्पनी, सामसङले नयाँ वर्ष २०७५ आगमनलाई लक्षित गर्दै आफ्नो “२०७५ साल सामसङ अफर बबाल” घोषणा गरेको छ । 

“नयाँ वर्ष २०७५ को आगमनलाई लक्षित गर्दै हामीले हाम्रा उपभोक्ताहरुका लागि यो नयाँ अफर ल्याएका छौँ । हामी विश्वस्त छौँ यसले सकारात्मक प्रभाव पार्दै उहाँहरुसँगको हाम्रो सम्बन्ध अझ प्रगाढ बनाउनेछ,” सामसङ मोबाइल शाखा प्रमुख प्रणय रत्न स्थापितले भने ।  

योजनाअन्तर्गत, सामसङ स्मार्टफोनको खरिदमा उपभोक्ताहरुले विभिन्न आकर्षक उपहारहरु प्राप्त गर्नेछन् । अब उपभोक्ताले ग्यालेक्सी ट्याब एस थ्री को खरिदमा लेभल बक्स स्पिकर, एस एइट तथा एइट प्लसको खरिदमा लेभल यु फ्लेक्स तथा नोट एइटको खरिदमा एक बोटल स्पिकर सित्तैमा पाउनेछन् । 

उक्त उपहारहरुसँगै सामसङले आफ्ना अन्य लोकप्रिय मोडलहरुमा भारी छुटको व्यवस्था पनि गरेको छ । 

रु ६०९० को छुट सहित नोट एइट जसको वास्तविक मूल्य रु १०२,९९० रहेको थियो अब रु ९६,९०० मा उपलब्ध हुनेछ । साथै, रु ७००० को छुटसँगै एस एइट प्लसको मूल्य रु ८६,९०० बाट रु ७९,९०० तथा एस एइटको मूल्य रु ७६,९०० बाट रु ६९,९०० तय गरिएको छ । 

त्यसैगरी, रु २००० को छुटसहित जे सेभेन प्रो र जे सेभेन म्याक्सको मूल्य क्रमशः रु ३२,९०० बाट रु ३०,९०० तथा रु २८,२९० बाट रु २६,२९० तोकिएको छ । 

जे सेभेन प्राइम टूको मूल्य अब रु २७, ९९० र जे सेभेन नेक्स्ट(३२ जीबी)को मूल्य रु २०,९९० निर्धारित गरिएको छ, जसको मूल्य क्रमशः रु २८,९९० र रु २१,९९० रहेको थियो भने रु १२०० को छुट सहित अन नेक्स्टको मूल्य रु २५,१९० बाट रु २३,९९० तय गरिएको छ ।