काठमाण्डौ । विश्वमा एउटा यस्तो देश छ जहाँ प्रत्येक तीन व्यक्तिमा एक करोडपति छन् । वेल्थ इन्साइटको सिएनएनमा छापिएको एक रिपोर्टका अनुसार पछिल्लो वर्षको तुलनामा मोनाकोमा करोडपतिको संख्यामा ६ प्रतिशतको वृद्धि भएको छ । करोडपतिको मामलामा सानो देश भएर पनि मोनाकोले विश्वका कयौं देशलाई पछाडि छाडिदिएको छ । मोनाको फ्रान्ससँग जोडिएको एक स्वतन्त्र र सानो राज्य हो । 

वेल्थ इन्साइट र स्पियरको डब्ल्यूएमएस रिपोर्टमा भनिएको छ कि करोडपति जन्माउने मामलामा मोनाकोले अन्य यूरोपीय देशहरु जस्तै ज्यूरिक र जेनेभालाई पनि पछाडि पारिदिएको छ । ज्यूरिकमा प्रत्येक चारमा एक र जेनेभामा प्रत्येक ५ मा एकजना करोडपति रहेका छन् । तर मोनाकोमा प्रत्येक ३ जनामा एकजना करोडपति भेटिन्छन्  । मोनाकोको जनसंख्या करिब ३७ हजार छ । यसको अर्थ यति सानो देशमा करिब १२ हजार करोडपति छन् । 

वेल्थ इन्साइटलाई यस्ता व्यक्तिलाई आफ्नो सर्भेमा सामेल गरेको थियो जसको सम्पत्ति १० लाख डलर भन्दा बढी रहेको थियो । यसमा उनीहरुको घरको मूल्य सामेल गरिएको छैन । यसको अर्थ हो मोनाकोमा हरेक तेश्रो व्यक्तिको सम्पत्ति १० लाख डलर भन्दा बढी रहेको छ ।

मोनाको पछि ज्यूरिक र जेनेभाको नम्बर आउँछ । करोडपतिको मामलामा न्यूयोर्क चौथो नम्बरमा मात्र रहेको छ । न्यूयोर्कमा हरेक २१ व्यक्तिमा एकजना करोडपति रहेका छन् । यो सूचिमा लण्डन पाँचौ नम्बरमा छ, यहाँका हरेक २९ व्यक्तिमा एकजना करोडपति हुन्छ । 

मोनाको चारैतर्फबाट फ्रान्स र समुन्द्रले घेरिएको सानो मुलुक हो । मोनाको क्यासिनोका लागि विश्वमै  चर्चित ठाउँ हो । यहाँको सबैभन्दा ठूलो क्यासिनो मोन्टेकार्लोमा स्थानीयलाई प्रवेश गर्न दिइन्न । यो क्यासिनोमा केबल विदेशीहरु मात्र आउने जाने गर्छन । सरकारले आफ्ना नागरिकबाट आयकर लिदैन । यहाँका अधिकांश मानिस फ्रान्सेली नागरिक रहने गरेका छन् भने ब्रिटेन र अन्य देशका मानिसको संख्या पनि निकै नै छ । किनभने यहाँ विदेशी नागरिकलाई जमीन खरीद गर्न कुनै छेकबार छैन । 

भेटिकन सिटीपछि मोनाको विश्वकै दोश्रो सानो देश(शहर) हो। मोनाकाको सीमा केबल २ स्क्वायर किलोमिटर मात्र रहेको छ । मोनाकोको कुल जनसंख्या ३७ हजार ८ सय ३१ रहेको छ । यहाँ मोनाकोका रैथाने मात्र ६ प्रतिशत छन् । बाँकी १ सय २५ अलग अलग देशका मानिस यहाँ बस्छन । यो देशको आधा जनसंख्या एक फुटबल स्टेडियममा अटाउन सकिन्छ ।