काठमाण्डौ । ललितपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार एमालेले कांग्रेसको निकै नजिक पुुगेर टक्कर दिएको छ। 

निकै लामो समय कांग्रेसका उम्मेद्वारले यो महानगरमा अग्रता लिइरहेका छन् । तर पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार कांग्रेसको तर्फबाट मेयरका उम्मेद्वार चिरिबाबुु महर्जनले २३ हजार १ सय ४० मत ल्याएका छन् भने उनलाई एमालेका हरिकृष्ण व्यञ्जनकारले २२ हजार ९ सय ७३ मतले कडा टक्कर दिएका छन् । 

लामो समयसम्म २ हजार मतको हाराहारीमा अग्रता लिइरहेका कांग्रेस उम्मेद्वार यो परिणाम अनुसार अब एमाले भन्दा १७० मतको हाराहारीमा मात्र अगाडि छन् । 

पत्रकार अमृतनाथ तिम्सिनाका अनुसार अब २५ देखि २९ नम्बर वडाको मतगणना हुन बाँकी छ । यी वडामध्ये अधिकांशमा एमालेको राम्रो पकड छ । यो हिसाबले ललितपुरको मेयरमा समेत एमालेले नै जित हासिल गर्ने संभावना बढेको उनको दाबी छ ।