काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले चैत ७ गते बिहीबार ललितपुरको कुमारीपाटी शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । 
 
एक समारोहका बीच बैंकको सो शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले उद्घाटन गरेका हुन् ।
 
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७२ शाखा र १७ वटा एटीएम संचालनमा छन् । 
 
बैंकले छिट्टै नै पर्साको बीरगञ्ज, चितवनको मिलनचोक, दाङको तुल्सीपुर र कास्कीको हेम्जामा समेत शाखा कार्यालय खोल्दैछ । 
 
विकास बैंकले आर्थिक बर्ष २०७५ चैत्र ६ गतेसम्मरु.२८ अर्ब ७५ करोड निक्षेप संकलन गरी रु.२५ अर्ब १५ करोड कर्जा लगानी गरेको छ ।