काठमाण्डौ । आफ्ना ग्राहकहरुलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । 

यसै क्रममा ललितपुरस्थित ठेंचोमा यस बैंकले आफ्नो शाखा संचालनमा ल्याएको छ । 

आइतबार आयोजित औपचारिक कार्यक्रममा गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जन र संचालक समितिका सदस्य ई.बच्छराज तातेडले संयुक्त रुपमा उद्घाटन गरे । 

सो कार्यक्रममा संचालक समितिका सदस्यहरु ओमकृष्ण जोशी, शारदा शर्मा पुडासैनी, नायव महाप्रबन्धक अपछकुमार यादव लगायत बैंकका उच्च पदाधिकारीहरु उपस्थित थिए ।

यो समेत गरी बैंकको शाखा संख्या १०४ वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्यभर २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११९ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले  आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको छ ।