काठमाण्डौ । ललितपुर महानगरपालिकाको ताजा मतपरिणाम सार्वजनिक भएको छ । 

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका चिरिबाबु महर्जनले १०३०० मत प्राप्त गरेका छन् । एमालेका हरिकृष्ण व्यञ्जनकारले ९८८३ मतले पछ्याइरहेका छन् । 

यो क्षेत्रमा हिजो रातिदेखि महर्जनले अग्रता लिएका हुन् । त्यसअघि व्यञ्जनकारको अग्रता थियो ।