लहान । नेपालका लागि यमाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले सिरहा जिल्लाको लहानमा  विश्वस्तरीय सुबिधासम्पन्न संरचनाबाट सेवा सुविधा सुरु गरेको छ । 

एमएडब्लुले आफ्नो डिलर एसएस अटो सेन्टरलाई यामाहाको नयाँ गाइडलाइनअनुसार स्तरोन्नति गरेर ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो ।

यो क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई सम्बोधन गर्ने उद्देश्यले यामाहा मोटरसाइकलको डिलरसिपको स्तरोन्नति गरिएको हो । 

नयाँ शोरुमको उद्घाटन प्रमुख अतिथि तथा मिस नेपाल २०१७ निकिता चन्दकले गरेकी थिइन् । एसएस अटो सेन्टरबाट ग्राहकले अब विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्रि एस’सहित एक्सचेञ्ज र फाइनान्सको पनि सुविधा पाउनेछन् ।

‘यामाहा विश्वमै परिचित र विश्वसनीय मोटरसाइकल ब्रान्ड हो । र, यो क्षेत्रमा यामाहाको मोटरसाइकलको माग निरन्तर बढिरहेको छ,’ एसएस अटो सेन्टरका प्रबन्धक निर्देशक सञ्जिव साहले भने–‘अब हामीसँग हाई–टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियन समेत छ जसले मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्नेछन् ।’

यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल छन् भने मोटरसाइकलमा एफजेड–एस एफआई, आर १५, एसजीआरआर, सलुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् । 

यामाहाले केही महिनाअघि नेपाली बजारमा २५० सीसी क्षमता भएको एफजी२५ ‘द अल्टिमेट स्ट्रिट फाइटर’ सार्वजनिक गरेको थियो । छोटो अवधिमै एफजी२५ सबैभन्दा बढी खोजिएको मोटरसाइकल बन्न सफल भएको छ । 

यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी पाइन्छ ।