काठमाण्डौ । सिभिल बैंक लिमीटेडले सिरहाको लहान र झापाको शिवसताक्षी नगरपालिकास्थित दूधेमा शाखा बिस्तार गरी औपचारिक कारोबार थालेको छ । 

सिरहाको लहान नगरपालिकास्थित लहान बजारमा र झापाको शिवसताक्षी नगरपालिकाको दूधेमा छुट्टा छुट्टै समारोहका बीच बैंकले शाखा उद्घाटन गरेको हो । 

लहान शाखाको लहान नगरपालिकाका मेयर मुनी साह सुडीले तथा दूधे शाखाको शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शर्माले उद्घाटन गरेका बैंकले जनाएको छ । 

शाखाको उद्घाटन समारोहहरुमा प्रमुख अतिथि लगायत पत्रकार महासंघका पदाधिकारी, सिभिल बैंक प्रदेशका प्रदेश प्रमुखहरु सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

लाहान र दुधे शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ७९ पुगेकोे पनि बैंकले जनाएको छ ।