काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमीटेडले आफ्ना सेयरधनीलाई २४.८० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । 

फागुन १८ गते बसेको कम्पनी संचालक समिति बैठकले आर्थिक वर्ष २०७२ ७३ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई २४.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३०५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

संचालक समितिको यो निर्णय बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ ।