काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले आ.व. २०७३/०७४ को मुनाफबापतको १२ प्रतिशत बोनस सेयर आफ्नो सेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा गर्न थालेको छ । 
कम्पनीको २०७५ चैत ४ गते सम्पन्न १६ औँ वार्षिकले पारित गरेको बोनस सेयर असार ५ गतेबाट शेयरधनीको हितग्राही खातामा जम्मा गर्न थालेको हो । कम्पनीले बोनस सेयर प्राप्त गर्न हितग्राही खाता अद्यावधि गर्न आफ्ना सेयरधनीहरुलाई सूचित पनि गरेको छ । 
आफूले हालसम्म प्राप्त गरेका भौतिक सेयर अभौतिकरण गर्न पनि कम्पनीले सूचनामार्फत आग्रह गरेको छ । यसका लागि सेयरधनीहरुले कम्पनीको सेयर रजिस्ट्रार नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडमा सम्पर्क राखी हितग्राही खाता खोल्न तथा सेयर प्रमाणपत्रहरु संकलन गरी अभौतिकीकरण गर्न सक्नेछन् । 
कम्पनी बोनस सेयर वितरण गर्दा लाग्ने ०.६३ प्रतिशत कर भने आफैँले जम्मा गरिने भएको छ । कम्पनीको बिहीबारको अन्तिम बजार मूल्य ६२७ रुपैयाँ रहेको छ ।