काठमाडौँ । गुराँस लाईफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ४ करोड १ लाख खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गतवर्षको सोही अवधिका तुलनामा ३९ दशमलव ११ प्रतिशत बढी नाफा यस वर्ष आर्जन गरेको हो । गत वर्ष कम्पनीले २ करोड ८८ लाखमात्र खुद मुनाफा आर्जन गरेको थियो । 

 

समीक्षा अवधिमा कम्पनीले ८८ करोड ७९ लाख रुपैया बीमाशुल्क आम्दानी गरेको छ । गत वर्ष यसै अवधिमा कम्पनीले ७० करोड १० लाखमात्र बीमाशुल्क आम्दानी गरको थियाये । कम्पनीको जीवन बीमाकोष ३ अर्ब ८६ करोड रुपैयाँको रहेको छ । 


कम्पनीले यस वर्षको पहिलो नौ महिनाको अवधिमा ६ सय ५९ वटा दावी भुक्तानी गरेको छ । कूल दाबी भुक्तानी १३ करोड ५६ लाख १८ हजार पुगेको छ । 


कम्पनीको चुक्ता पूँजी ५९ करोड ४० लाख रहेको छ भने २० करोड ७८ लाख जगेडा कोषमा रहेको छ । बीमा समितिले दिएको निर्देशन अनुसार चुक्ता पूँजी वृद्धि गर्नका लागि कम्पनीले हालै ७ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद  जारी गर्न लागेको छ । धितोपत्रबोर्डले कम्पनीको ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव स्वीकृत गरिसकेको छ । बोनस र हकप्रदपछि कम्पनीले पुनः १ सय १० प्रतिशत हकप्रद जारी गर्ने तयारी गरेको छ । यस पछि कम्पनीको चुक्तापूजी २ अर्ब पुग्नेछ । 


कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ३९ दशमलव ३६ रुपैयाँ रहेको छ ।