काठमाण्डौ । हरेक त्रैमासको वित्तीय विवरण प्रकाशनमा पहिलो हुँदै आएको फ्रस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लाभांश घोषणामा समेत फ्रस्ट नै भएको छ । 

यो कम्पनीले आफ्ना सेयरधनीलाई १२.६३१६ प्रतिशतको दरले नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

यो लघुवित्त कम्पनीको साउन २१ गते दिउँसो ३ बजेपछि बसेको १४० औं बैठकले आर्थिक वर्ष २०७४/७५ सम्मको सञ्चित मुनाफाबाट कुल चुक्तापूँजी ६८ करोड ४३ लाख ९३ हजार ८ सयको १२.६३१६ प्रतिशतले हुन आउने नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

निर्णय अनुसार फ्रस्ट माइक्रोफाइनान्सले आफ्ना सेयरधनीलाई ८ करोड ६४ लाख ४९ हजार ७ सय ४३ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । 

यो लाभांश नेपाल राष्ट्रबैंकले स्वीकृत गरेपछि र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।