काठमाण्डौ । बुधबार राति एप्पलको मेगा इभेन्ट अन्तर्गत वर्षकै उत्कृष्ट फोनको मेगा लञ्च भएको छ । एप्पलका सीइओ टिम कुकले यो क्रममा ‘आइफोन ७’ को साथमा ‘आइफोन ७ प्लस’ र ‘एप्पल वाच २’ पनि लञ्च गरे । एप्पलको यो मेगा इभेन्ट सन फ्रान्सिस्कोस्थित ग्राहम सिविक अडिटोरियममा भएको थियो । 

'आइफोन ७' मा छन्  यी विशेषता
-यो फोनको स्क्रीन ४.७ इञ्चको रहेको छ र हेडफोनको ज्याक छैन । 
-यसमा पहिलाको भन्दा राम्रो क्यामेरा छ र साथमा एक प्रेसर सेन्सेटिभ होम बटन रहेको छ । 
-कुकले मेगा लञ्चको दौरान भनेका छन् कि अमेरिकामा यो फोनको बिक्री १६ सेप्टेम्बरदेखि सुरु हुनेछ । 

'आइफोन ७ प्लस'मा छन् यी विशेषता
-यो फोनको स्क्रीन ५.५ इञ्चको छ । यसमा डुअल लेन्स क्यामेरा रहेको छ । 
-यसमा समेत कुनै हेडफोन ज्याक छैन र यसमा पनि एक प्रेसर सेन्सेटिभ बटन राखिएको छ । 

'एप्पल वाच २' को विशेषता
-यसमा जीपीएस कनेक्टीभिटी रहेको छ । एक फास्टर प्रोसेसर र राम्रो ब्याटी समेत रहेको छ । 
-यो घडीमा जिपिएसको सुविधा समेत रहेको छ । 
-एप्पल वाचमा पोकेमोन गो खेल्ने सुविधा समेत हुनेछ । 
-कुकले भनेका छन् कि एप्पल वाच विश्वको दोेश्रो सबैभन्दा लोकप्रिय ब्राण्ड बन्न सफल भएको छ । 

कार्यक्रमको दौरान के भने कुकले ?
-एप स्टोरबाट अहिलेसम्म १४० अर्ब एप डाउनलोड भइसकेको छ । 
-एप स्टोरले पछिल्लो क्वार्टरमा आफ्नो नजिकको प्रतिस्पर्धीको तुलनामा दुईगुणा बढी आम्दानी गरेको छ । 
-आइफोन र आइप्याड विश्वकै सबैभन्दा धेरै लोकप्रिय गेड डिभाइस हो । 
-एप्पल म्यूजिकको सब्सक्राइभ गर्नेको संख्या अहिलेसम्म १.७ करोड पुगिसकेको छ । 
-आइवर्कबाट शिक्षक र प्रोफेशनलहरुलाई विशेष मद्धत मिल्नेछ । 

एप स्टोरमा  मारियो गेम !
-टिम कुकका अनुसार  एप स्टोरमा ५० हजार भन्दा धेरै गेम्सहरु उपलब्ध छन् । उनले घोषणा गरेका छन् कि चर्चित गेम मारियो पनि अब एप स्टोरमा उपलब्ध हुनेछ । 
-एप स्टोरमा मारियो गेमलाई नयाँ रुपमा प्रस्तुत गरिएको छ । गेमको नाम राखिएको छ-'सुपर मारियो रन' । यसको खास मूल्य हुनेछ र यही वर्षको अन्तसम्म एप स्टोरमा उपलब्ध गराइनेछ । 

एक सूत्रका अनुसार आइफोन ७ को बेस मोडल(३२ जीबी)को मूल्य अमेरिकामा ७४९ डलरसम्म पर्नसक्नेछ । नेपालमा यसको मूल्य १ लाख २० हजारसम्म पर्नसक्छ । 

बिजशाला/फोब्र्स