काठमाण्डौ । यदि तपाई आफ्नै कार चढेर बाहिर घुम्न गइरहनुभएको छ भने त्यसका लागि केही पूर्व तयारीहरु गर्नुपर्ने हुन्छ । पूर्व तयारी गर्दा गाडीको विषयमा धेरै कम मानिसहरुले सोच्दछन् । आफ्नै गाडीको विषयमा समेत पूर्व तयारी के के गर्नुपर्छ भन्ने बिषय उनीहरु बिर्सिन्छन् । यात्रामा निस्किएपछि बाटोमै तपाईको कारले दुःख नदेओस् भन्नका लागि समेत केही तयारी महत्वपूर्ण हुन्छन्। आफ्नो सुविधाका लागि समेत लामो यात्राका लागि आफ्नै कारमा हिड्नुअघि त्यसको विषयमा विशेष ध्यान पुर्याउन आवश्यक हुन्छ । तपाईको सानो लापरबाही र पछि हेरौंला नि भन्ने सोंचले तपाईको यात्रा निकै पीडादायी बनाइदिन सक्छ । तसर्थ कारसँग जोडिएका केही महत्वपूर्ण पक्षमा तपाई गम्भीर बन्नुभयो भने तपाईको यात्रा सुखद हुनेछ र कारकै कारण तपाईको यात्रा बोझिलो बन्ने छैन। 

पहिलादेखि नै समय निकाल्नुहोस्
कारमा घुम्न जानुअघि त्यसको देखभालको लागि पर्याप्त समय निकाल्नुहोस् । यात्रामा निस्किनुअघि कारको बेल्ट, होज, ब्रेक, लाइट, इञ्जिन आयल, क्याबिन एयर फिल्टर तथा वाइपर ब्लेडको राम्रो ढंगले चेकजाँच गर्नुपर्ने हुन्छ । बाहनको अनर म्यानुअल चेक गर्न र त्यहाँ सुझाइएअनुसारले नै बेला बेला आफ्नो कारको देखभाल गर्न निकै जरुरी हुन्छ । 

लिक्वीड लेभलको जाँच गर्नुहोस्
कारमाा लिक्वीडको स्तरको जाँच अवश्य गर्नुहोस् । यसमा कुनै पनि प्रकारको कमीबाट यस्तो खराबीको सामना गर्नुपर्ने हुनसक्छ, जुन तपाईले अनुमानसम्म गर्नुभएको हुँदैन । कारको ट्रान्ससिमन फ्लूड, पावर स्टेयरिङ फ्लूड र कुलेन्ट फ्लूडको जाँच गर्नुहोस् ।

 

असहज अवस्थालाई टार्नसक्ने तयारी
बाटोमा कुनै यस्तो परिस्थिति आउनसक्छ, जे विषयमा तपाईले कल्पनासम्म पनि गर्नुभएको नहोस्, यो कोणबाट समेत कारलाई विशेष ढंगले हेर्न आवश्यक छ । अतिरिक्त ब्याट्रीबाट समेत कारको फ्ल्यास लाइटले काम गरिरहेको छ कि छैन सुनिश्चित गर्नुहोस् । कुनै अप्रत्यासित घटनाका लागि कारमा इमेरजेन्सी रिफ्लेक्टर तथा प्राथमिक उपचार किट राख्न नभुल्नुहोस्। यस्तै, तपाईको कारको विण्डशिल्ड वाइपरले राम्रो ढंगले काम गरेको छ कि छैन भन्ने कुरा पनि निश्चित गर्नुहोस्। किनभने यसले भारी वर्षाको बेला समेत कार चलाउँदा सडक देखाउन मद्धत गर्छ । 

टायर चेक गर्न नभुल्नुहोस्
कारको हेरचाहका लागि टायरको चेकजाँच गर्नु महत्वपूर्ण कुरा हो । घरबाट निस्किनुअघि कारका सबै टायरको हालत ठीक छ या छैन राम्रोसँग जाँच गर्नुहोस् । अतिरिक्त टायर कारमा राख्नुअघि त्यसको समेत अवस्थाको विषयमा विशेष ध्यान दिनुहोस् । किनभने कारमा जडान गरिएको टायरको खराब अवस्थाले माइजलेजमा समेत नकारात्मक प्रभाव पार्छ । 

इञ्जिन आयल चेञ्ज गर्नुहोस्
तपाईको कारको इञ्जिन आयलको अवस्था जाँच गर्नुहोस् । बेलैमा नयाँ इञ्जिन आयल हाल्नुहोस् । तपाईको इञ्जिन आयलको ग्रेड समेत परिवर्तन गर्न सक्नुहुन्छ । तेलको ग्रेड समयसँगै परिवर्तन गर्न सकिन्छ, यसकारण अनर म्यानुअल इञ्जिन तेलको राम्रो गे्रडको प्रयोगलाई सिफारिस गर्न सक्दछ ।

कारको टेस्ट ड्राइभ
घुम्न जानुअघि भन्दा केहीदिनअघि नै आफ्नो कारको टेस्ट ड्राइभ गर्नुहोस् । यो क्रममा कारमा के कुरामा खराबी रहेछ भन्ने कुरा पत्ता लगाउनुहोस् वा लगाउन सकिन्छ । जस्तै, कारमा कुनै अस्वभाविक आवाज त आइरहेको छैन ? किनभने यस्तो खराब आवाज ब्रेक, सस्पेन्सन तथा चेसिससँग जोडिएको समस्या हुनसक्छ ।