काठमाण्डौ । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले प्लाष्टिक झोलाको  उत्पादन तथा बितरणमा नियन्त्रण गर्ने बताएका छन । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा नेपाल चेम्वर अफ कमर्सका प्रतिनिधिमण्डलसँंगको भेटघाटमा उनले वातावरण प्रदूषण न्युनीकरणका गरी वातावरण स्वच्छ राख्नका लागि  प्लाष्टिकका झोलाको मात्रै उत्पादन र वितरणमा नियन्त्रण गरिने बताए । 

सो क्रममा वातावरणीय प्रदुषणलाई न्युन गर्न उच्च गुणस्तरीय डिजेललगायत पेट्रोलियम पदार्थ हुनुपर्ने तथा सडक निर्माण उच्च गुणस्तरको हुनुपर्ने तथा २० वर्ष भन्दा पुराना ठूला भाडाका तथा निजी पर्यटकीय तथा सरकारी गाडीहरु बिस्थापन गर्नुपर्ने बिषयमा छलफल भएको थियो । 

सो अवसरमा मन्त्री पण्डितले वातावरण प्रदुषण नियन्त्रण गर्न निजी क्षेत्रको भूमिका उच्च रहेको भन्दै सडकलाइ स्वच्छ राख्न सबै व्यवसायीहरुलाई सडकमा फोहर नफाली फोहर राख्ने बाल्टिनमा राख्न सन्देश सम्प्रेषण गर्नेतर्फ ध्यानाकर्षण गराए ।

चेम्वरका अध्यक्ष श्रेष्ठले वातावरणीय समस्याहरुका कारण जनजीवनमा परेको प्रभावबारे चर्चा गर्दै धुवां धुलोका कारण काठमाण्डौमा पैदल यात्रा गर्न समेत कठिनाई  भएको र सडक किनारामा रहेका व्यवसाय र व्यवसायीहरुको अवस्था दयनीय भएको बताए । यसको तदिर्घकालीन समस्या समाधान खोजिनु आवश्यक भएको उनले बताए ।