काठमाण्डौ । एउटा ठूलो खुला मैदान । जताततै ठूलठूला घास उम्रेका छन् । यही मैदानको ठाउँठाउँमा राखिएको मानिसका लाशहरु । जुन हप्तौँदेखि सडिरहेका छन्।

एक हेक्टरभन्दा थोरै धेरै यो घासे मैदानमा करिब १५ वटा लाश राखिएका छन् । केही लाश धातुको पिन्जडामा राखिएका छन् त केही निलो प्लास्टिकमा बेरिएको अवस्था र केही खाडलभित्र राखिएका छिन् । 

आखिर किन यसरी राखिएको छ त लाशहरु ? प्रश्न उठ्नु स्वाभाविकै हो । 

यो एउटा ओपन एअर फोरेन्सिक एन्थ्रोपोलोजी ल्याब हो । जुन अमेरिकाको युनिभर्सिटी अफ फ्लोरिडाले चलाइरहेको छ । यो ल्याब काउन्टी जेलनजिकैको ट्याम्पास्थित ग्रामीण इलाकामा छ । 

आसपासका जनता यसलाई ‘लशको खेती’ भन्छन् । तर वैज्ञानिक यसलाई फोरेन्सिक कब्रिस्तान’ वा ट्याम्फोनमी ल्याब भन्छन् । वैज्ञानिकहरु यहाँ मृत्युपछि मानव शरीरमा हुने प्रक्रियाको अध्ययन गर्छन् । 

सन् २०१७ मा यस्तो ल्याब पहिले हिल्सबोरामा बनाउन लागिएको थियो । तर त्यहाँका जनताले विरोध जनाए र त्यहाँ बनाइएन । 

केही वैज्ञानिकले पनि यस किसिमको ल्याबको उपयोगितामा प्रश्न उठाउँदै यो ल्याब बनाएर हुने फाइदाका विषयमा कुरा उठाएका थिए । 

यो ल्याब यही एउटामात्र होइन अमेरिकामा यस्ता अरु ६ वटा ल्याब छन् । जब कि अस्ट्रेलिया, क्यानडा र ब्रिटेनमा यस किसिमको ल्याब खोल्न तयारी भइरहेको छ । 

ओपन एअर फोरेन्सिक एन्थ्रोपोलोजी ल्याबमा राखिएका शवहरु पहिले नै ती व्यक्तिहरुले मृत्यु हुनुअघि आफ्नो शरीर दान गरेका थिए । जुन वैज्ञानिक खोजमा पछि सहयोग मिलोस् भन्ने उद्देश्य शरीर दान गरिएको थियो । 

यो ल्याब स्थापनाको मुख्य उद्देश्य भनेको मानिसको मृत्युपछि उसको शरीर कसरी सड्छ र त्यसले आसपासको पर्यावरणमा कस्तो असर पार्छ भन्ने अनुसन्धान गर्नु नै हो। वैज्ञानिकहरुलाई विश्वास छ कि यो महत्वपूर्ण उपलब्धि हासिल गर्न यो ल्याबले मद्दत गर्नेछ । यो अनुसन्धानबाट अपराध छानबिन र फोरेन्सिक मामिलामा पनि सहयोग पुग्ने उनीहरुको भनाइ छ । 

यो ल्याबका निर्देशक डा एरिन किम्मर भन्छन्, ‘जब कोही मानिसको निधन हुन्छ, तब उसको शरीर सड्ने प्राकृतिक क्रियाकलापका बाबजुद त्यहाँ विभिन्न किसिमका कीरा आउँछन् र आसपासको पर्यावरणमा बदलाव हुन्छ ।’

यो ल्याबमा डा एरिन र उनको टोलीलाई विश्वास छ कि यहाँबाट लाशको असली पर्यावरण र असली टाइमका विषयमा अध्ययन गर्न महत्वपूर्ण उपलब्धि हासिल हुनेछ।

डा एरिनका अनुसार मानिसको शरीर सड्ने प्रक्रिया थुप्रै चरणमा हुन्छ । जतिखेर मानिसको मुटुको धड्कन बन्द हुन्छ, त्यतिखेरदेखि नै यो प्रक्रिया सुरु हुन्छ । तापमान घट्छ र शरीरमा रक्तसञ्चार बन्द हुन्छ ।

त्यसपछि शरीरभित्र रहेका ब्याक्टेरियाले नरम तन्तुहरु खान सुरु गर्छन् । त्यसपछि मृत शरीरको छालामा परिवर्तन देखिन थाल्छ । शरीर फुल्न थाल्छ । नरम तन्तुहरु खस्न थाल्छन् । 

यसैगरी मानिसको मृत्युपछि शरीरको तौल घट्न थाल्छ । नरम तन्तुभित्र रहेका ब्याक्टेरियाले खान थालेपछि शरीरमा तरल पदार्थ निस्किन थाल्छ । यदि लाश माटोमा गाडिएको छ भने आसपासको बोटबिरुवा मर्न थाल्छन् । त्यहाँ माटोको एसिडिटीमा परिवर्तन आउन थाल्छ । 

अनि विस्तारै शरीरमा हड्डीमात्र बाँकी रहन्छ । मृत शरीरको सबैभन्दा पहिला अनुहार, हात र खुट्टाका हड्डी देखिन थाल्छन् । 

डा एरिन भन्छन्, ‘अझै पनि यो निश्चित त भइसकेको छैन, यो प्रक्रिया यस्तो नै हुन्छ भनेर तर यो पर्यावरणमा निर्भर हुन्छ ।’

त्यसैले डा एरिन र उनको टोली यस्ता किसिमका ल्याब रिसर्चका लािग सञ्चालन हुनुपर्छ । –एजेन्सी