काठमाण्डौ । आईएमएस ग्रुप अब नेपालमा लिनियर फ्लक्सका लागि एक मात्र आधिकारिक बिक्रेता बनेको छ ।
लिनियर फ्लक्स  हेडफोनको एक ब्रान्ड हो जसले वायरलेस, हाइपर डेफिनेसन अडियोकोे अनुभव दिनेछ । निरन्तर २ वर्षको अनुसन्धान र प्रविधि विकासपछि अमेरिकन ब्राण्ड लिनियर फ्लक्स औपचारिक लञ्च भएको हो ।
लिनियर फ्लक्स हाइपर सोनिक एक वायरलेस हेडफोन हो जुन सक्रिय जीवनशैलीको लागि बनेको हो । यस हेडफोनलाई लेडी गागा, डा. ड्रे, पफ ड्याडी, ब्लाक आइड पिज,फार फास्ट मोभमेन्ट,जे चू, वण्डर गल्र्सजस्ता सांगितिक क्षेत्रका महान हस्तीहरुबाट परीक्षण भएको छ । यसको डीएल ०१ इम्मरसिभ ध्वनि इन्जिनको विशेषताले संगीतको स्पष्टता बढाउनेछ र बेसको लागि उपयुक्त रहेको छ । लिनियर फ्लक्स सोनिक पानी प्रतिरोधी पनि छ र यसमा कुनै पनि रिचार्जेबल केबुलहरू आवश्यक पर्दैन । यसको विषेशता भनेको पिलो सफ्ट इयर टिप्स दुई थरीका रङ्गहरुमा पाईनेछ साथै यसले बाहिरी ध्वनि कम गरी विशिष्ट ध्वनि सुन्न र बेसको आनन्द लिन मद्दत गर्दछ ।
हाल कम्पनीले लिनियर फ्लक्स  उत्पादनहरू स्मार्टडोकोेमार्फत उपलब्ध गराएको छ, जुन नेपालका अग्रणी अनलाइन मेगास्टोरहरू मध्ये एक हो साथै आइएमएस लिटल स्माइल्स शोरुम सिटी सेन्टर र आइएमएस स्मार्ट शोरुम ताम्राकार कम्प्लेक्स् चौथौं तल्ला, पाकोमा उपलब्ध  छ ।
आइएमएस ग्रुप एक निरन्तर रुपमा सबैभन्दा चाँडै बढ्दै आएको संगठन हो जसको २० वटा भन्दा बढी कम्पनीमा लगानी रहेको छ । आइएमएस , नेपालको लागि सामसुङ स्मार्टफोनको राष्ट्रिय स्तरको विक्रेता हो साथै नेपालमा पहिलो पटक १९९८ मा आधिकारीक रुपमा मोबाइल आयात गर्ने पहिलो कम्पनी पनि हो ।