काठमाडौँ । बजारमा लिलामीका शेयरको बाढी आउँदा दोस्रो बजार पनि निरन्तर ओरालो लागेको छ । अहिले बजारमा ६७ करोडभन्दा बढीका शेयर लिलामीमा रहेका कारण पनि दोस्रो बजार सुस्ताएको विश्लेषण हुन थालेको छ ।

विभिन्न कम्पनीका संस्थापक र साधारण गरी गरी अहिले बजारमा  ६७ लाख २८ हजार ९ सय २० कित्ता शेयर विक्रीमा छन् । लिलामीमा विक्री कारोबार भइरहेका र विक्री हुने तयारीमा रहेका कूल ५८ लाख ९६ हजार ४५ कित्ता शेयर संस्थापक हुुन् भने ८ लाख ३२ हजार ८ सय ७५ कित्ता शेयर साधारण छन् । 

कुन कम्पनीका कति शेयर विक्रीमा छन् ? हेर्नुहोस तालिकासहित –