काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनी लिमीटेडले सर्वसाधारण र आयोजना प्रभावितका लागि जारी गर्न लागेको रु. ३७ करोड ५० लाख मूल्य बराबरको आइपीओलाई इक्रा नेपालले आइपीओ ग्रेड फोरको रेटिङ प्रदान गरेको छ।

इक्राले औसतभन्दा तल आधारहरु जनाउने ग्रेड फोरको ग्रेडिङ्ग प्रदान गरेको हो । 

इक्राले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियोआधारहरु जनाउँछ भने गे्रड ५ ले कमजोरआधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ ।

यो कम्पनीले २५ मेगावाट क्षमताको अपर दरौदी ए निर्माण गरिरहेको छ । 

यो कम्पनीको अधिकृत पूँजी १ अर्ब ५० करोड रहेको छ । कम्पनीले यो पूँजीको १० प्रतिशतले हुन आउने १५ लाख कित्ता आइपी आयोजना प्रभावितका लागि र १५ प्रतिशतले हुन आउने २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता सर्वसाधारणका लागि सेयर जारी गर्न लागेको हो । 

सर्वसाधारण र आयोजना प्रभावितलाई आइपीओ बिक्री गरेपछि कम्पनीको जारी र चुक्तापूँजी १ अर्ब ५० करोडको उचाईमा पुग्नेछ ।

यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्नेछ ।

यो कम्पनीले ९ वटा वित्तीय संस्थाको सहयोगमा आयोजनामा लगानी गरेको छ । 

यो कम्पनीले निर्माण गरिरहेको प्रोजेक्टबाट २०७६ भदौदेखि व्यापारिक उत्पादन सुरु हुनेछ ।