काठमाण्डौ । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आज मंगलबारदेखि १५ करोड रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको छ । 

कम्पनीले १०० रुपैयाँअंकित १५ लाख कित्ता आईपीओ प्रभावित क्षेत्रका बासिन्दाका लागि बिक्री खुलाएको छ। निष्काशन गर्ने कुल शेयरमध्ये आयोजनाबाट अतिप्रभावित क्षेत्र लमजुङको दोर्दी गाउँपालिका वडा नं. ६ र ७ का स्थायी बासिन्दाहरु लाई ३३.३३ प्रतिशत अर्थात् ५ लाख कित्ता र प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका बाँकी वडा र बेसीसहर नगरपालिका वडा नं. ११ का स्थानीयलाई ३३.३३ प्रतिशत अर्थात् ५ लाख कित्ता बाँडफाँड गर्नेछ। त्यसैगरी लमजुङ जिल्लाका सम्पूर्ण बासिन्दाहरुका लागि बाँकी ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता शेयर बाँडफाँड गर्नेछ।

लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा चैत ११ गते बन्द हुनेछ भने ढिलोमा चैत २६ गते बन्द हुनेछ।

आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।

यो आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ प्राप्त गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर रहेको देखाउँछ।