काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्सले आगामी असार ३० गतेदेखि १ बराबर १ को अनुपातमा हकप्रद सेयरको बिक्री खुल्ला गर्ने भएको छ । 

हकप्रदको बिक्री आगामी भदौ १ गतेसम्म खुल्ला नै रहनेछ । इच्छुक सेयरधनीले असार ३० गतेदेखि भदौ १ गतेभित्र तोकिएको स्थानमा गएर हकप्रदका लागि आवेदन दिनुपर्ने छ । 

यो बैंकले १ सय रुपैयाँ अंकित मूल्यका कुल ३९ लाख कित्ता हकप्रद निश्कासन गर्न लागेको हो । यो कम्पनीको हकप्रदका लागि असार १३ गतेलाई बुक क्लोजको मिति तोकिएको छ । यसको अर्थ असार ११ गते(असार १२ गते सार्वजनिक विदा)सम्म यो कम्पनीको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् । 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम सीबीआइएल क्यापिटलले गर्नेछ । इच्छुक सेयरधनीले डिल्लीबजारस्थित सीबीआइएलको मुख्य कार्यालय, काठमाण्डौकै लालदरबारस्थित एस क्यापिटल मार्केट्स लिमीटेडको मुख्य कार्यालय र सिटिजन्स बैंक इन्टरनेशनलका तोकिएको शाखा कार्यालयमा गएर आवेदन दिन सक्नेछन् । 

हाल यो कम्पनीको चुक्तापूँजी ३९ करोड रुपैयाँ रहेको छ । हकप्रदको पूँजीकरणपछि चुक्तापूँजी ७८ करोडको उचाईमा पुग्नेछ ।