काठमाडौँ । लुम्बिनी विकास बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्मको वित्तीय विवरण अनुसार खुद नाफा घटेको छ । बैैकले यस अवधिमा १८ करोड ४४ लाख ११ हजार रुपैयौ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यही अविधसम्ममा बैंकले २२ करोड ६ लाख ५५ हजार खुद नाफा आर्जन गरेको थियो । यो गत वर्षको भन्दा  १६ प्रतिशत अर्थात् ३ करोड ६२ लाख ५४ हजार रुपैयाँले कमी हो । 
 
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढे पनि सञ्चालन मुनाफा बढाउन नसक्दा बैैकको नाफा कम हुन पुगेको हो । यस अवधिमा बैंकले ५३ करोड ४५ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यही अवधि सम्ममा  बैैकले ४७ करोड १९ लाख ६३ हजार व्याज आम्दानी गरेको थियो । 
 
यसैगरी बैंकको सञ्चालन आम्दानीमा व्यापक गिरावट आएको छ । समीक्षा अवधिमा बैंकले १८ करोड ३४ लाख ९३ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत वर्ष बैंकले २२ करोड ४४ लाख १८ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
बैैकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा १९ अर्ब ४२ करोड ५४ लाख निक्षेप संकलन गरेको छ । यसैगरी यही अवधिसम्ममा बैैंकले १७ अर्ब ४९ करोड ५८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । 
 
कम्पनीका अधिकांश सूचक नकारात्मक देखिएका छन्  । कम्पनीमा खराब कर्जा अनुपात क्रमश वृद्धि हुँदै गएको छ ।  खराब कर्जा अनुपात २ दशमलव ५९ प्रतिशत पुगको छ । यसैगरी प्रतिशेयर आम्दानी समेत १६ दशमलव २१ रपैँयाबाट कमी आएर ११ दशमलव ४४ रुपैया कायम भएको छ । 
बैंकको चुक्ता पूँजी २ अर्ब १४ करोड रहेको जगेडा कोषमा १ अर्ब रुपैयाँ रहेको छ ।