काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमीटेडले बैशाख २८ गते शुक्रबारको दिन २ वटा नयाँ शाखा बिस्तार गरेको छ । 

बैंकले स्याङजाको पुतलीबजार नगरपालिका वडानम्बर ३ बाडखोला र मोरङको बलवारी नगरपालिका वडानम्बर ७ नयाँ बाहुनीमा आफ्ना ६१ र ६२ औं शाखा बिस्तार गरी औपचारिक रुपमा संचालनमा ल्याएको हो ।

मोरङको नयाँ बाहुनी शाखाको नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उद्घाटन गरे । उनले बैंकहरु शहरमा मात्र  केन्द्रीत नभई ग्रमीण भेगमा समेत सेवा बिस्तार गर्दै जानुपर्नेमा जोड दिए ।  

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनालले बैंकबाट उपलब्ध सेवाहरुको बिषयमा प्रष्ट्याएका थिए ।

यसैगरी, स्याङजाको बाडखोला शाखाको बैंकका सञ्चालक गणेशराज रेग्मी तथा पुतलीबजार नगरपालिकाका मेयर महेश पुरीले संयुक्त रुपमा उद्घाटन गरे ।

बैंकको केन्द्रीय कार्यालय काठमाण्डौको डिल्लीबजारबाट संचालन भई मुलुकका विभिन्न भागमा रहेका ६२ शाखा सञ्जालहरु तथा एटीएममार्फत विभिन्न निक्षेप तथा कर्जा सुविधाका साथै भिसा एटीएम, एबिबिएस, एसएमएस बैंकिंग, मोवाइल बैंकिंग, सीआस्वा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।