काठमाण्डौ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीबीच मर्जर भई जन्मिएको ‘लुम्बिनी विकास बैंक’को संचालक समितिका अध्यक्षले बुधबार पद तथा गोपनीयताका सपथ लिएका छन् । 

अध्यक्ष सुशीलराज पराजुलीले नेपाल राष्ट्रबैंकको बैंक तथा बित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलको उपस्थितिमा केन्द्रीय बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी समक्ष सपथ लिएका हुन् । 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) मा बैंक तथा बित्तीय संस्थाका संचालक समिति अध्यक्ष नेपाल राष्ट्रबैंकसमक्ष सपथ लिने कानूनी व्यवस्था छ ।