काठमाण्डौ । लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्ष अशोकराज पाण्डेले नेपाल राष्टबैंक समक्ष सपथ ग्रहण गरेका छन् । 

बैंक तथावित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीसमक्ष पाण्डेले जेठ १३ गते आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

सो अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक  नारायणप्रसाद पौडेल, उपनिर्देशक निर्मल कार्की, लुम्बिनी विकास बैंकका संचालक समितिका सदस्य राजेशकुमार अग्रवाल, का.मु. प्रमुखकार्यकारी अधिकृत उमेश रेग्मी तथा कम्पनी सचिव प्रजन प्रधानको उपस्थिति रहेको थियो ।