काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १७.३५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । 

बैंकको पुस ६ गते बसेको संचालक समितिको ३१९ औं बैठकले आर्थिक वर्ष २०७४/७५ सम्मको मुनाफा तथा सञ्चित जगेडाबाट बैंकका सेयरधनीहरुलाई ३७ करोड ७१ लाख रुपैयाँ बराबरको १७.३५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो । 

नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि घोषित बोनस सेयर कार्यान्वयनमा आउनेछ । 

बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५५ करोडको उचाईमा पुग्नेछ ।