काठमाण्डौ । लुम्बिनी विकास बैंकले खूद नाफामा छलांग मारेको छ । यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ३४ करोड ३४ लाख खूद नाफा आर्जन गरेको हो । यो भनेको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८६.२६ प्रतिशतले बढी हो । 

बैंकले १८ करोड ३२ लाखमा सीमित संचालन मुनाफा १६८.२० प्रतिशतले बढेर ४९ करोड २१ लाखको  उचाईमा पुर्याएको छ । 

व्यवसाय बिस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानी बढेको छ । अघिल्लो वर्ष ५३ करोड ४५ लाखमा सीमित यस्तो आम्दानी बढेर यो वर्ष ७३ करोड २४ लाखको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा बैंकले २४ अर्ब ३५ करोड निक्षेप संकलन गरी २२ अर्ब ३६ करोड कर्जा परिचालन गरेको छ । गत वर्षको तुलनामा निक्षेप २५.३७ प्रतिशतले बढाएको बैंकले कर्जा बिस्तारमा २७.८२ प्रतिशतको प्रगति गरेको छ । 

बैंकको अघिल्लो वर्षको यही अवधिसम्म १ अर्बमा सीमित रिजर्बको आकार बढी १ अर्ब ४६ करोडको उचाईमा पुगेको छ ।

बैंकले २.५९ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटाएर २.१३ प्रतिशतमा झारेको छ ।

यसैगरी, अघिल्लो वर्ष ११.४४ रुपैयाँमा सीमित वार्षिकीकृत प्रतिसेयर आम्दानी ८१.२० प्रतिशतले बढेर २०.७३ रुपैयाँको उचाईमा पुगेको छ । 

बैंकको प्रतिसेयर नेटवर्थ १६६.३२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८.४० गुणा कायम भएको छ ।