काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमीटेड र सम्सारा रेमिट प्रालिबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ ।
 
सम्झौताअनुसार स्वदेश तथा विदेशबाट सम्सारा रेमिटमार्फत पठाएको पैसा ग्राहकहरुले लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने बिभिन्न शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्नेछन् । 
 
साथै लुम्बिनी विकास बैंकको लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकहरुले सम्सारा रेमिट प्रा.लि.को नेपाल अधिराज्यभरका सम्पूर्ण एजेन्सीमार्फत भुक्तानी लिन सक्नेछन् ।  
 
सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायवप्रमुखकार्यकारी अधिकृत उमेश रेग्मी र सम्सारा रेमिटको तर्फबाट  कार्यकारी उपाध्यक्ष जीवनबाबु श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।