काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमीटेडले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा काठमाण्डौ डिल्लिबजारमा अवस्थित आफ्नो केन्द्रिय कार्यालयको हातामा रक्तदान लगायतका कार्यक्रम गरेको छ । 
 
सो रक्तदान कार्यक्रममा ६७ जनाले रगत दान गरेका थिए । 
 
साथै यस अवसरमा पोखरा महानगरपालिका वडा नं २८ आर्दश चोक स्थित अपाङ्ग मैत्री समाज कास्कीलाई २५ थान सेतो छडी समेत वितरण गरिएको बैंकले जनाएको छ । 
 
“निरन्तर सहयात्रा” भन्ने नाराका साथ बैंकले देशभरका ६५ शाखाहरु र १३ वटा एटिएमबाट आफ्ना करिब २ लाख ४० हजार ग्राहकलाई उच्चस्तरीय सेवा दिंदै आएको छ ।