काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को आम्दानीबाट आफ्ना सेयरधनीहरुलाई १७.०७ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । 

बैंकको आउँदो साउन २८ गते हुने ११ वार्षिक साधारणसभाले विशेष प्रस्तावका रुपमा रहेको बोनस सेयर वितरणको प्रस्ताव पारित गर्ने छ।

साधारणसभाले बैंकको हालको चुक्तपुँजी रु २ अर्ब २० करोड ९७ लाख ६६ हजार ३१२.८० को १७.०७ प्रतिशत बोनस सेयरले हुने आउने रु ३७ करोड ७१ लाख ९७ हजार २३६ पारित गर्नेछ । 

बोनस सेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पुँजी रु २ अर्ब ५८ करोड ६९ लाख ६३ हजार ५५१ पुर्याउने विशेष प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ । 

त्यस्तै अन्य कुनै बैंक तथा वित्तीय संस्थामा गाभ्ने/गाभिने वा एक्विजिसन (प्राप्ति) सम्बनधी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने विशेष प्रस्तावलाई पनि साधारणसभाले पारित गर्ने छ ।  

साधारणसभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट पेस हुने आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।