काठमाण्डौ । राष्ट्रिय स्तरको विकास बैंककोे रुपमा स्थापित लुम्बिनी विकास बैंक लिमीटेडको साउन २८ गते ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

बैंकका संचालक समिति अध्यक्ष सुशीलराज पराजुलीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । 

साधारणसभाले आर्थिक वर्ष २०७६ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाहको विवरण लगायतका अनुसूचीहरु पारित गरेको बताइएको छ । 

साधारण सभाले आफ्ना शेयरधनीहरुलाई चुक्तापूँजीको १७.०७ प्रतिशत वोनस शेयर वितरणको प्रस्ताव समेत पारित गर्यो भने सो बोनस शेयर वितरण पश्चात बैंकको चुक्तापुँजी २ अर्ब ५८ करोड ६९ लाख पुगेको छ ।