काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि १७ लाख ६० हजार कित्ता हकप्रद साधारण सेयर कात्तिक २४ गतेदेखि निष्कासन गर्ने भएको छ ।

कम्पनीले चुक्तपुँजी ८८ करोड रुपैयाँको १० सेयरबराबर २ सेयर (१०ः२) को अनुपातमा रु. १०० अंकित हकप्रद सेयर जारी गर्न लागेको हो । बीमा समितिको निर्देशन अनुसार रु १ अर्ब चुक्तापुँजी पुर्याउनका लागि कम्पनीले हकप्रद सेयर जारी गर्न लागेको हो ।

कम्पनी हकप्रद सेयर निष्कासनको अनुमति नेपाल धितोपत्र बोर्डबाट गत असोज ८ गते नै पाइसकेको छ । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले असोज २७ सेयरधनी दर्ता किताब बन्द गरेकोले असोज ६ गतेसम्म कायम सेयरधनीहरुले हकप्रद सेयर खरिद गर्न पाउनेछन् ।

हकप्रद सेयर निष्कासन बन्द मंसिर २९ गते बन्द हुनेछ ।

हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सीबीआईएल क्यापिटल लिमिटेड रहेको छ ।