काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र काठमाण्डौ धुम्बाराहीस्थित ह्याम्स हस्पिटल बीच शुक्रबार नगदरहित उपचार सम्झौता भएको छ ।

सम्झौताअनुसार इन्स्योरेन्सबाट औषधोपचार तथा दुर्घटना बीमाको सुबिधा लिने ग्राहकहरुले उक्त हस्पिटलमा उपचार गरेमा बीमालेखले थामेसम्मको उपचारबापतको रकम इन्स्योरेन्सले सिधै हस्पिटललाई भुक्तानी दिनेछ । यसबाट इन्स्योरेन्सका ग्राहकहरुले रकम अभावमा उपचारबाट बञ्चित हुनु नपर्ने साथै हस्पिटललाई रकम भुक्तानी गरिरहनु नपर्ने भएकोले त्यसबाट ग्राहकहरुलाई निकै राहत मिल्नेछ ।

सम्झौतामा कम्पनीका तर्फबाट नायब प्रमुखकार्यकारी अधिकृत बी.के. श्रेष्ठ र हस्पिटलका तर्फबाट चिफ अपरेटिङ अफिसर सची रेग्मीले हस्ताक्षर गर्नुभयो ।