काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

बैंकको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश वितरणको प्रस्ताव गरेको छ । 

बैठकले सेयरधनीहरुलाई लाभांशका रुपमा चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख ६३ हजार ५५१ रुपैयाँको ५ प्रतिशतले हुन आउने १२ करोड ९३ लाख ४८ हजार १७७.५५ रुपैयाँबराबरको बोनस सेयर र १५ प्रतिशतले हुन आउने ३८ करोड ८० लाख ४४ हजार ५३२.६५ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने बैंकले जनाएको छ ।