काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि निष्कासन गरेको १७ लाख ६० हजार कित्ता हकप्रद साधारण सेयरमा खरिद आवेदन दिने आज आइतबार अन्तिम मौका रहेको छ ।

कम्पनीले गतन कात्तिक २४ गतेदेखि चुक्तपुँजी ८८ करोड रुपैयाँको १० सेयरबराबर २ सेयर ९१०ः२० को अनुपातमा रु. १०० अंकित हकप्रद सेयर जारी गरेको थियो । बीमा समितिको निर्देशन अनुसार रु १ अर्ब चुक्तापुँजी पुर्याउनका लागि कम्पनीले हकप्रद सेयर जारी गरेको हो ।

कम्पनी हकप्रद सेयर निष्कासनको अनुमति नेपाल धितोपत्र बोर्डबाट गत असोज ८ गते नै पाइसकेको थियो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले असोज २७ सेयरधनी दर्ता किताब बन्द गरेकोले असोज ६ गतेसम्म कायम सेयरधनीहरुले हकप्रद सेयर खरिद गर्न पाउनेछन् ।

हकप्रद सेयर निष्कासन बन्द आज (मंसिर २९ गते) बन्द हुनेछ ।

हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सीबीआईएल क्यापिटल लिमिटेड रहेको छ ।