काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०७३/७४ मा ३७ करोड ६९ लाख खूद नाफा आर्जन गरेको छ । 

यो बैंकको अघिल्लो वर्षको खूद नाफा ३२ करोड १३ लाख खूद नाफा कमाएको थियो । 

बैंकले खूद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति गरेको छ । अघिल्लो वर्ष ५० करोड ७२ लाख रहेको यस्तो आम्दानी बढेर यो वर्ष ८० करोड २७ लाख पुुगेको छ । 

अघिल्लो वर्ष १८ करोड ९१ लख रुपैयाँमा सीमित संचालन मुनाफा बढेर ४५ करोड ५९ लाखको उचाईमा पुुगेको छ । 

यो अवधिमा बैंकले १७ अर्ब ९२ करोड निक्षेप संकलन गरी १५ अर्ब ६३ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले १४ अर्ब ६ करोड निक्षेप संकलन गरी ११ अर्ब ४१ करोड कर्जा परिचालन गरेको थियो । अघिल्लो वर्षसम्म भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमीटेडको रुपमा रहेको यो बैंक लुम्बिनी फाइनान्सलाई प्राप्तिपछि लुम्बिनी विकास बैंकको रुपमा उदाएको हो । 

लुम्बिनी फाइनान्सलाई गाभिएपछि यो बैंकका लागि त्यहाँबाट आएको खराब ऋण चुनौति बन्ने देखिन्छ । यहीकारण अघिल्लो वर्षसम्म १.३९ प्रतिशतमा रहेको निस्क्रिय कर्जा अनुपात बढेर २.७३ प्रतिशत पुुगेको छ । 

यस्तै, ५.७६ प्रतिशतमा सीमित कस्ट अफ फण्ड बढेर ८.४६ प्रतिशत पुुगेको छ । 

मर्जर र पूँजीवृद्धिका कारण बैंकको प्रति सेयर आम्दानी(इपीएस) २२.२७ रुपैयाँबाट घटेर १८.७६ रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर आम्दानीमा यो गिरावट स्वभाविक देखिन्छ । 

यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १४७.२५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८.९५ गुणा कायम भएको छ ।