काठमाण्डौ । “निरन्तर सहयात्रा”भन्ने मूल नाराका साथ बंैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको लुम्बिनी विकास बैंकले इन्स्योरेन्स विशेषतायुक्त नयाँ“लुम्बिनी सहयात्रा मुद्दती खाता” मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । 
 
सबै तहका ग्राहकहरुलाई लक्ष्य गरी ल्याईएको यस लुम्बिनी सहयात्रा मुद्दती खाताले ग्राहकहरुलाई बचत गर्न प्रोत्साहन गर्नुका साथै उचित प्रतिफल प्रदान गर्ने बैंकले जनाएको छ । 
 
उपरोक्त उल्लेखित मुद्दती निक्षेप बचत खातामा ग्राहकहरूले आफ्ना दुर्घटनाबाट मृत्यु वा पूर्ण तथा आंशिक अशक्तताका लागि रू.१० लाखसम्मको बीमा सुबिधा तथा रू.१ लाखसम्मको औषधीउपचार बीमा सुबिधा समेत प्राप्त गर्न सक्नेछन् ।  लुम्बिनी सहयात्रा मुद्दती निक्षेप खाताअन्तर्गत ग्राहकहरुले निःशुल्क एबिबिएस सुबिधा , खाता विवरण, चेक बुक, मोबाईल बंैकिङ्ग, भिजा डेबिट कार्ड र लकर सुबिधामा ५०% छुट प्राप्त हुनुका साथै लुम्बिनी सहयात्रा मुद्दती खातामा बैंकले सार्वजनिक गरेको ब्याजदरमा शाखाबाटै थप ०.५० %ब्याज सुबिधा प्रदान गर्न सकिने जनाएको छ । लुम्बिनी सहयात्रा मुद्दती निक्षेप खाता योजानले मुलुकका सबै क्षेत्र, भेग र तहलाई फाईदा पुग्ने बैंकले विश्वास लिएको छ ।   
 
विकास बैंकले देशभरका ६६ शाखाहरु र १६ वटा एटिएमबाट आफ्ना ग्राहकहरुलाई उच्च स्तरीय आधुनिक एवं नवीनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको जनाएको छ ।