काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बुधबार गत आर्थिक वर्षको बोनस सेयरका लागि लुम्बिनी विकास बैंकको सेयरमूल्य समायोजन गरेको छ ।

लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि नेप्सेले सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले सेयरमूल्य समायोजन गर्दै लुम्बिनी विकास बैंकको प्रतिकित्ता १९४.२९ रुपैयाँ कायम गरेको छ । अब समायोजित मूल्यअनुसार यो बैंकको सेयर कारोबारमा आउने छ ।

बैंकले सेयरधनीहरुलाई लाभांशका रुपमा चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख ६३ हजार ५५१ रुपैयाँको ५ प्रतिशतले हुन आउने १२ करोड ९३ लाख ४८ हजार १७७.५५ रुपैयाँबराबरको बोनस सेयर र १५ प्रतिशतले हुन आउने ३८ करोड ८० लाख ४४ हजार ५३२.६५ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित कुल २० प्रतिशत लाभांश बैंैकले यही पुस २९ गते डोकेको १२ औँ वार्षिक साधारणसभाबाट पारित हुनेछ । वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले आज बुधबारदेखि बुक क्लोज गरेको छ ।